५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

प्रदेश १ को नामकरण पहिचानकै आधारमा हुन्छ : मुख्यमन्त्री राई



मोरङ : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्दकुमार राईले प्रदेश १ को पहिचान आदिवासी र जनताजाति नै भएकाले पहिचानकै आधारमा प्रदेशको नामाकरण गरिने बताएका छन् ।

बिहीबार उर्लाबारीमा धिमाल समुदायको जातिरी/सिर्जात पर्वको समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

राईले भने –‘यो प्रदेशको पहिचान भनेकै आदिवासी जनजाति समुदायको भाषा, संस्कार, संस्कृति, परम्परा हो त्यसैले प्रदेशको नाम पनि पहिचान सहितकै हुन्छ ।’

मुख्यमन्त्री राईले धिमाल जातीको संस्कार र सस्कृतिलाई प्रदेशको सम्पत्तिको रूपमा लिएर यसको प्रवद्र्धन गर्ने काममा प्रदेश सरकारले सहयोग गर्नेसमेत वचन दिए ।

हरेक वर्ष वैशाख २ गते जातिरी/सिर्जात पर्व मोरङको लेटाङ–१ भोगटेनीस्थित राजारानी महाराजस्थानमा पूजाआजा गरेपछि सुरु हुन्छ भने असार २ गते समापन हुन्छ ।

जातिरी परम्पराअनुसार बिहीबार उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यालय परिसरमा मेलासँगै औपचारिक कार्यक्रम गरी जातिरी समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री राईसहित प्र्रदेश सदस्य कुलप्रसाद साम्बा, धिमाल जातीय विकास केन्द्रका संस्थापक एवम् पूर्व अध्यक्ष रामबहादुर धिमाल, संस्थापक तथा सल्लाहकार मोहन धिमाल, संस्थापक गणेशमान धिमाल, उर्लाबारीस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : २९ बजे