७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025
Breaking News

२७ बर्षदेखि परदेशिएका छोराको पर्खाइमा : आशरानी लिम्बू (भिडियो सहित)


किरात समाचार : इलामको माङ्सेबुङ गाउपालिका-५ बस्दै आएकी आशरानी साम्बा परदेशिएको जेठो छोराको बाटो हेरेर बसेको २७ बर्ष पुग्यो । परदेशिएका छोरा अझैसम्म घर नफर्किए पछि बृद्धअवस्थाकी आमा आशरानिको मन पिरोलिएको छ ।

दुई दशक अघि पान्थरको कुरुम्बाबाट आशरानी साम्बा दशबर्षे सशस्त्र जनयुद्ध कालमा ज्यान बचाउनकै लागी इलामको माङ्सेबुङ धार्मिक क्षेत्रमा स-परिवारै बसाइँ सरेर आए । बि : स ०५२ सालमा धन कमाउन मलेसिया गएका आशरानिको जेठो छोरा आज सम्म पनि घर फर्केर आएको छैन। उनका कान्छो छोरा ५४ बर्षको अल्पायु उमेरमा निधन भए। माइलो छोरा घरमै छन् । भएकी एक्लि छोरी पनि मानसिक रोगी छिन् ।

बुढेसकालमा सहारा छोरा नै अत्तोपत्तो बिना हराए पछि आशरानिलाई पर्नुसम्मै पीर परेको छ । आशरानीले भने “छोराको अनुहार नदेखेको २७ बर्ष भयो” । आशरानी साम्बा अझै पनि छोरा आउने बाटो हेरेर बसिरहेकी छिन् ।

भिडियो हेर्नुहोला…