४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

जिल्ला समन्वय समिति इलाममा एमालेका जयप्रकाश राई बिजयी



किरात समाचार : इलामको जिल्ला समन्वय समितिमा नेकपा एमालेका जय प्रकाश राई  विजयी भएका छन् । समन्वय समिति इलामको आज सम्पन्न निर्वाचनमा एमाले र नेकपा एकिकृत समाजवादीकाे गठबन्धन निर्वाचनमा प्यानलै विजयी भएका हो ।

जिल्ला समन्वय समिती इलामको प्रमुखमा नेकपा एमालेका जयप्रकाश राई र उपप्रमुखमा एकीकृत समाजवादी पार्टीका चित्रकला बराईली विजयी भइकी छिन् । सदस्यहरुमा एमालेका मिनाकुमारी राई, सीता कार्की क्षेत्री, प्रेमराज गुरुङ, रामप्रसाद लिम्बू र शेरबहादुर राई विजयी भएका छन् भने एसका सपना देवी राई र तृष्णा राई निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : २२ बजे