माङ्सेबुङ : माङ्सेबुङ गाउँपालिकाको सहयोगमा संचालित ३ दिने पत्रकारिता तालिम समापन भएको छ । बुलन्द मल्टिटेक्निकल प्रालिको आयोजनामा माङ्सेबुङ -३ चतुरेमा संचालन भएको योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम आज समापन भएको हो ।
तालिममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ इलामका सचिव एवम् नागरिक दैनिकका पत्रकार भीम चापागाई र नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष एवम् सौर्य दैनिकका पत्रकार राम योङहाङले तालिमको सहजीकरण गरेका थिए ।
तालिममा स्थानीय तहमा योजना तर्जुमाका चरण र प्रक्रिया तथा स्थानीय तहको समाचारका विभिन्न विषयवस्तुका विषयमा छलफल भएको थियो ।
यसैगरी तालिममा माङसेबुङका विभिन्न संचारमाध्यममा आवद्ध रहेका १५ जनाले तालिममा सहभागिता जनाएको थियो ।