७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मृगौला पीडित रेणुको उपचारार्थ आर्थिक सहयोगको अपिल



दमक : झापाको दमक ७ पाथीभरा टोल निवासी दूवै मृगौला खराब भई नेवेल मेडिकल कलेज बिरटनगरमा उपचार गराईरहेकी रेणु सन्तराजकोलागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

बुधबार पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलनको आयोजना गरि विरामी रेणुका श्रीमान बिन्देश्वर सन्तराज र छोरा मुकेश सन्तराजले विरामी रेणुलाई बचाउन देशबिदेशमा रहेका मनकारी, सहयोगी सर्वसाधारण सवैमा अर्थिक सहायोगको लागि अपिल गरेका हुन् ।

झापाको दमक बजारमा ४० वर्ष देखि ढुंगाको जातो, सिलौटो लगायका बिभिन्न आकृतिका घरायसी सामाग्री कुदेर जिवीका पार्जन गर्दै आएकी रेणुको मृगौला प्रत्यारोण गर्न करिव ४० देखि ५० लाख खर्च लाग्ने भएकोले घरको जायजेथा पनि यसअघिनै विारमीको उपचारमा सकि सकेकोले परिवार आर्थिक समस्यामा परेको हो ।

पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर भएकै कारण मृगोला प्रत्यारोपणमा लाग्ने रकम पविारबाट धान्न नसक्ने भएपछि सहयोगी मनहरुमा सहयोगको अपिल गरेको बिरामीका छोरा मुकेश सन्तराजले बताए ।

विरामीको सहयोगको लागि
श्रीमान : बिन्देश्वर सन्तराज
छोरा : मुकेश सन्तराज
सपर्क न. : ९८४१८१८८१५/९८१४३६८७५९
प्राईम कमर्सियल बैक, दमक शाखा
बैंक खाता नं. 03501810CA

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ११ बजे