३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

माङ्सेबुङ गाउँपालिकामा किरात लिम्बू भाषा कामकाजी घोषणा



किरात समाचार : माङ्सेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजिको भाषा बनाउने भएको छ । गाउँपालिकाले २०७९-८०को ११ औ गाउसभाबाट नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो ।

माङ्सेबुङ गाउँपालिकामा बहुल्य जनसंख्याले बोल्ने किरात लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने भएको छ । पालिकामा लिम्बू भाषिक कर्मचारीको ब्यवस्था गरि कार्य संचालन गर्ने बताइएको छ। लिपिमा किरात सिरिजङ्गा लिपिको प्रयोग गरिने छ । गाउँपालिकाभित्र ३६ प्रतिशत रहेको राईहरुको मध्यनजर गर्दै आगामि आ.ब. मा वान्तावा भाषिक कर्मचारीको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।

माङ्सेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू र ३६ प्रतिशत राई जातिहरूको बसोबास रहेको छ । पालिकाभित्र सबैभन्दा धेरै लिम्बूहरूको बसोबास रहेको छ। जातिय बहुसंख्यकको आधारमा प्रत्येक वडामा भाषिक कर्मचारीहरुको ब्यवस्था गरिने नीति कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको सम्मानको लागि फाल्गुनन्द मार्गको नामकरणको लागि फहल र फाल्गुनन्द पार्क निर्माण गर्ने जनाइएको छ।
पालिकामा सम्पुर्ण जातिहरुको भाषा,लिपि,धर्म,कला सस्कृतीको संरक्षण सम्बर्द्धनकोलागी नीति अवलम्बन गर्ने बताएको छ । २०७५ सालमा माङ्सेबुङ वडा -५ ले लिम्बू भाषा कामकाजी भाषा घोषणा गरेको हो ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : २५ बजे