किरात समाचार : पान्थरको मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष ०७९-०८० को प्रस्तुत बजेट पारीत गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशनमा प्रस्तुत गरेको बजेट गाउँसभाबाट पास गरिएको हो । कुल ६२ करोड ३९ लाख १३ हजार ५ सय ४० रुपैयाको बजेट ल्याएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि,पर्यटन,शिक्षा ,स्वास्थ, खानेपानी, सिंचाइ, र पुर्वाधार क्षेत्रमा बिशेष जाेड दिईएको छ।
आ.व. २०७९-८० को कुल आय संघिय सरकार तथा प्रदेश सरकार मार्फत प्राप्त हुने वित्तिय समानीकरण अनुदान, राजस्व बाँडफाँड, शसर्त अनुदान तर्फ चालु तथा पुजिगत अनुदान, बिशेष अनुदान, समपुरक अनुदान र गाउँपालिकाको आन्तरिक स्रोत अनुमान सहित रू ६२, कराेड ३९ लाख १३ हजार ५ सय ४० रुपैयाँ बजेट प्रक्षेपण गरिएको छ। जस मध्ये शसर्त अनुदान चालु ३९ करोड ७६ लाख ५९, हजार रुपैयाँ रहेको छ।