७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फाकफोकथुम गाउँपालिकाको बजेट ५१ करोड १४ लाख ( पुर्ण पाठ सहित )



 फाकफोकथुम गाउँपालिकाको बजेट ५१ करोड १४ लाख ३ हजार रुपैयाँ (पुर्ण पाठ)

११ औ गाउँअधिवेसनमा २०७९ असार १० गते उपाध्यक्ष कल्पना राईज्यूले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७९।८० को बजेट बक्तब्य

गाउँ सभा बैठकका अध्यक्ष एवं फाकफोकथुम गाउँपालिकाका अध्यक्षज्यू,

गाउँ सभाका सम्पुर्ण सदस्यज्यूहरु,

१.             फाकफोकथुम गाउँपालिकाको आगामी आ.ब. २०७९।८०को बार्षिक बजेट तर्जुमा गर्ने सन्दर्भमा यसको पुर्व शर्त तथा मार्गदर्शनको रुपमा रहेको नीति तथा कार्यक्रम सभाको बैठकमा प्रस्तुत भई पारित भई सकेको छ । यसका निम्ति म यस सम्मानित सभा प्रति आभार प्रकट गर्दछु । गाउँ सभाको यस बैठकमा आगामी आ.ब. २०७९।८० को बजेट पेश गर्नु पुर्व अग्रगामी परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना सम्मको लागि जीवन वलिदान गर्नु हुने सम्पूर्ण शहीदहरु प्रति सम्मानपुर्वक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

२.         स्थानीय तहको निर्वाचन पश्चात स्थानीय शासन र विकास प्रकृयामा प्रत्येक नागरिक आफैं संलग्न हुने वातावरण बनेको छ वर्ष पुगेकोछ । हामी छैठौ वर्षको लागि गृहकार्य स्वरुप वार्षिक योजना निर्माणको चरणमा छौं । यो समयलाई आर्थिक, सामाजिक रुपान्तरणको रुपमा उपयोग गरी जनचाहना पुरा गर्ने दायित्व र अवसर दुवै हामी जननिर्वाचित प्रतिनिधिहरुको नै हो ।

३.         जनताले आफ्नै घरदैलोमा आफैँले बनाएको अधिकार सम्पन्न सरकार पाएका छन् । आज त्यही स्थानीय सरकारको तर्फबाट फाकफोकथुम गाउँपालिकाको बार्षिक बजेट प्रस्तुत गर्न पाउंदा अत्यन्त हर्षित छु ।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

४.             चालु आर्थिक बर्ष २०७८।७९ को बार्षिक बजेट तथा कार्यक्रम हामीले यसै सभाबाट पारित गरी अहिले कार्यान्वयन गरिसकेको अबस्थामा छौं । अब म आ.ब. २०७८।७९ को बार्षिक बजेट तथा कार्यक्रमको कार्यान्वयनको समिक्षा र प्रगती संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।

क)        आ.ब. २०७८।७९ को लागि नवौगाउँ सभाबाट यस फाकफोकथुम गाउँपालिकाको कुल आय ५६ करोड ५० लाख २ हजार८ सय ४९ रुपैया र ४० पैसा अनुमान गरी योजना तथा कार्यक्रम संचालनमा रहेका छन् । जस मध्ये संघीय सशर्त अनुदान २४ करोड ४४ लाख४० हजार,संघीय समानिकरण अनुदान १० करोड १२ लाख,  संघीय सरकार राजस्वा बाँडफाट ६ करोड ७४ लाख ७३ हजार , १ नं. प्रदेश सरकार समानीकरण अनुदान ५८ लाख १६ हजार,१ नं. प्रदेश राजस्व बाँडफाट ४७ लाख ५५ हजार ९ सय ३० रुपैयारहेको थियो । यसमा अन्य आय१० करोड ५२ लाख ८७ हजार९ सय १९ रुपैया र ४० पैसा तथा आन्तरिक आय करीब ६० लाख ५० हजारसमेत थप भएको र संशोधित आय ५६ करोड ५० लाख २ हजार ८ सय ४९ रुपैया र ४० पैसारहेको थियो ।

ख)        आ.व. २०७८।७९ को लागि नवौगाउँ सभाबाट यस फाकफोकथुम गाउँपालिकाको कुल आय ५६ करोड ५० लाख २ हजार ८ सय ४९ रुपैया र ४० पैसाअनुमान गरिएको मध्ये शसर्त बाहेकका योजना तथा कार्यक्रम निम्नानुसार संचालनमा रहेकोछ ।

१.         आर्थिक विकास क्षेत्रः रु १ करोड ५५ लाख २८ हजार ।  (५ प्रतिशत)

२.         सामाजिक विकास क्षेत्रः रु.२ करोड ४८ लाख ४५ हजार । (८ प्रतिशत)

३.         पुर्वाधार विकास क्षेत्र: रु.६ करोड ८३ लाख२५ हजार ।(२२ प्रतिशत)

४.         वातावरण तथा विपद व्यबस्थापन क्षेत्रः रु.४६ लाख ५८ हजार। (१.५ प्रतिशत)

५.         संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रः४८ लाख ४४ हजार। (१.५६)

६.         कार्यालय सञ्चालन तथा प्रशासनिक(चालु खर्च):८ करोड २२ लाख (२६.४४)

७.         अन्यत्र वर्गिकृत नभएको (पुँजिगत/चालु ):११करोड १ लाख ८७ हजार ।(३५.४८)

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

५.         अब म यस सम्मानित सभामा आगामी आर्थिक बर्ष २०७९।८०को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

क) आ.ब. २०७९।८०को बजेट क्रममा निम्न बिषयहरुलाई आधार लिएको छु ।

  • नेपालको संविधानमा निर्दिष्ट सिद्धान्त तथा नीति,
  • स्थानीय तहको अधिकार क्षेत्र,
  • दीगो विकासको लक्ष्य,
  • पन्ध्रौ योजनाले तोकेका प्राथमिकताहरु,
  • नेपाल सरकारले जारी गरेको आ.ब. ०७९।८० को बजेट,
  • प्रदेश सरकारबाट प्राप्त बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन,
  • अर्थ मन्त्रालयबाट प्राप्त आ.ब. ०७९।८० को बजेट कार्यान्वयन सम्बन्धि मार्गदर्शन,
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएका मार्गदर्शन, परिपत्र तथा दिग्दर्शनहरु,
  • स्थानीय जनताको माग, चाहना तथा आवश्यकता,
  • स्थानीय स्रोतको उपलब्धता,
  • गाउँ कार्यपालिकाबाट पारित निति तथा कार्यक्रम ।

६.         बजेटका चुनौतिहरु

कमजोर र कठिन भौगोलिक भु-बनोट, भौतिक पुर्वाधारको न्युनता, उत्पादनशिल जनशक्तिको पलायन, छरिएका बस्तीहरु, शासकीय क्षमता अभिबृद्धि गर्ने, सार्वजनिक निर्माणमा गुणस्तर कायम गर्ने, बजेट कार्यान्वय क्षमता अभिबृद्धि गर्ने, सुशासन कायम गर्ने बिषयहरु हाम्रो सामु चुनौतिको रुपमा रहेका छन् ।

७.         बजेटका उदेश्यहरु

उपर्युक्त चुनौतिहरुको सामना गर्दै समृद्ध फाकफोकथुम गाउँपालिका निर्माणको अभियानलाई अघि बढाउन बजेटका उदेश्यहरु निम्नानुसार निर्धारण गरेको छु ।

  • स्वास्थ्य क्षेत्रमा विशेष योजना तथा कार्यक्रम ल्याउने,
  • दीगो, समावेशी र उच्च दरको आर्थिक बृद्धि हासिल गर्ने,
  • कृषिमा आधुनिकीकरण गरी उत्पादकत्व बृद्धि गर्ने,
  • पशु विकास कार्यक्रमलाई क्षेत्रगत रुपमा बृद्धि तथा विकास गर्ने,
  • स्थानिय स्तरमा रोजगारीको अवसरहरु सृजना गर्दै युवाहरुलाई स्व-रोजगार बनाउदै जाने,
  • गाउँपालिका मातहतका कार्यालयहरु तथा सम्पूर्ण क्षेत्रलाई प्रविधिमैत्री बनाउने,
  • गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षा प्रदान गर्ने,
  • गाउँपालिकाबाट प्रवाह गर्ने सेवामा चुस्तता तथा आम नागरिकको पहुंच बृद्धि गर्ने,
  • योजनाबद्ध रुपमा द्रुत गतिमा पुर्वाधारको विकास गर्ने,
  • सबै प्रकारका विकासमा दीगोपन कायम गर्ने,
  • फाकफोकथुमका आम नागरिकको आर्थिक, सामाजिक अवस्थालाई सुधार गर्ने ।

८.         बजेटका प्राथमिकताः बजेटले निम्न बिषयहरुलाई प्राथमिकतामा राखेको छ ।

  • कृषिको आधुनिकीकरण, पकेट क्षेत्रको विकास, बिउ बिजन उत्पादन  तथा व्यबसायीकरण र यान्त्रिकरण,
  • पशु विकासको क्षेत्रगत कार्ययोजनालाई अघि बढाई नश्ल सुधार, गोठ सुधार गरी आयआर्जनमा वृद्धि विकास पुर्याउने,
  • दीगो संरचनाको निर्माण,
  • उत्पादन र उत्पादकत्वमा बृद्धि,
  • सामाजिक, आर्थिक बिकास मार्फत जीवनस्तरमा बृद्धि,
  • सडक, सिंचाई, खानेपानी, विद्युत संरचना निर्माण र स्तरउन्नती,
  • सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार तथा सुशासनमा जोड,
  • शैक्षिक गुणस्तरमा सुधार,
  • रोजगारीका अवसरहरुकोसृजना,
  • महामारी रोकथाम तथा न्यूनिकरण,
  • स्वास्थ्य सेवाको पहुंच गुणस्तरमा सुधार,
  • नयाँ उद्यमीहरुको सृजना तथा प्रोत्साहन,
  • दिगो विकासका लक्ष्यहरुलाई स्थानियकरण गर्ने।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

९.         सर्वप्रथम म यिनै चुनौती, उदेश्य र प्राथमिकताको सेरोफेरोमा रहेर यस गाउँपालिकाको आ.व. २०७९।८०को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । आ.व. २०७९।८०को आयको मुल श्रोत गाउँपालिकाबाट लगाइएका कर र गैर कर राजश्व, संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, राजश्व बांडफांडबाट प्राप्त हुने रकम, सशर्त अनुदान तथा १ नं. प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान,समानिकरण अनुदान, राजश्व बांडफांडबाट प्राप्त हुने रकम, आ.व. २०७८।७९ मा खर्च नभई जिम्मेवारी सर्ने रकम र स्थानीय सञ्चित कोषमा समावेश गरी खर्च गर्नु पर्ने रकम रहेको छ । यी सबै शिर्षकबाट प्राप्त हुने रकम समेतका आधारमा आ.व. २०७९।८०को लागि रु.५१ करोड १४ लाख ३ हजार रुपैयामात्र विनियोजन गरेको छु । विनियोजन मध्ये चालुतर्फ रु. १२ करोड ३९ लाख १२ हजार९ सय४६ रुपैया र ९ पैसाअर्थात २४.२३ प्रतिशत, पुंजिगत तर्फ रु. ३८ करोड ७४ लाख ९ हजार ५३ रुपैयामात्र अर्थात७५.७७ प्रतिशत रहेको छ ।

१०.अब म क्षेत्रगत आधारमा विनियोजन भएको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

(क)       पुर्वाधार विकास क्षेत्रः

  • गाउँपालिकाका क्षेत्रमा पुर्वाधार शिर्षकमा संचालन हुने योजनाहरुको निर्माण र स्तरोन्नती सम्पन्न भएपछि गाउँपालिकाको सम्बृद्धिको ढोका खोल्ने विश्वास लिएको छु । विभिन्न क्षेत्रहरुको पुर्वाधार विकासको क्षेत्रमा रु. ४ करोड९७ लाख विनियोजन गरेको छु ।यस अन्तर्गत गाउँपालिकाको खोलाहरुमा ह्युम पाईप जडान,पक्की नाली निर्माण,विद्युत विस्तार, सूचना प्रविधि विस्तारका कार्यक्रमहरु, सडक स्तरोन्नती ग्राभेल तथा सोलिङ, खेल मैदान निर्माणका कार्यहरु, लक्षित वर्गका भवन निर्माणहरु आदि रहेका छन् । गाउँपालिका कार्यालयको माथिल्लो भवनको ट्रस्टनिर्माणको लागि ३० लाख विनियोजन  गरेको छु ।
  • गाउँपालिकाभित्रका मुख्य सडक बाटोहरुमा बाह्रै माहिना यातायात सञ्चालनका लागि गाउँपालिकाको स्काभेटर, व्याक्कु लोडर तथा ट्याक्टरको समुचित प्रयोग गरी सडकको सोलिङ, ग्राभेल तथा स्तरोन्नती गर्न ईन्धन खरिदको लागि ६० लाख विनियोजन गरेको छु।
  • गाउँपालिका तथा मातहतका वडाहरुलाई समयानुकुल प्रविधि मैत्री बनाई समयानुकुल गाउँपालिका सँग केन्द्रिकृत गर्नवडाहरुबाटै राजश्व प्रणली सञ्चालन गर्न तथा ई-हाजीरी,सि.सि. क्यामेरा डिजिटल वडापत्र जडान गर्नको लागि १० लाख विनियोजन  गरेको छु ।
  • सरकारी कार्यलयहरु तथा गाउँपालिका भित्रका मुख्य मुख्य बजार क्षेत्रहरुमा दिगो उर्जा विकासका लागि वैकल्पिक उर्जा र लघु जलविद्युत आयोजना मर्मतका लागि रु.१६ लाख विनियोजन  गरेको छु ।
  • रेडक्रस भवनको पूर्वाधार व्यावस्थापनको लागि रु. ५ लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्रका विभिन्न महत्वपूर्ण सडक पूर्वाधार,खानेपानी,सिंचाई आयोजना तथा पर्यटकिय क्षेत्रहरुको DPR को लागि ४० लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाका क्षेत्र भित्र रहेका लक्षीत वर्ग सामुदायिक भवनको सम्पन्न तथा आवश्यक व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु र गत वर्ष सम्पन्न भएका वडा कार्यालयहरुको रेलिङ, ढोका, ग्रिल तथा शौचालय व्यवस्थापनका लागि १४ लाख विनियोजन गरेको छु ।

(ख)      सामाजिक विकास क्षेत्रः

  • शिक्षा, स्वास्थ्य र स्वच्छ पिउने पानीको सहज पहुंच नागरिकको नैसर्गिक अधिकार हो । यसै गरी सबै किसिमका धर्म संस्कृतीको सम्बर्धन र प्रवर्धन हुनु पर्छ । तसर्थ शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी, संस्कृती लगायत सामाजिक विकास क्षेत्रमा सबैको पहुंच स्थापित गर्न रु.३ करोड ५७ लाख विनियोजन गरेको छु । यसमा  फाकफोकथुम गाउँपालिका वडा नं ०७, एकतप्पामा अवस्थित एकतप्पा बहुमुखी क्याम्पसको लागि दिईएको गत वर्ष दिईएको शैक्षिक अनुदान रु.१० लाख रुपैयामा २ लाख थप गरी १२ लाख पुर्याएको छु र गाउँपालिका भित्र रहेका बालविकास सामुदायिक अध्ययन केन्द्र तथा विद्यालय कर्मचारी खर्च शिक्षातर्फ १ करोड १२ लाख २७ हजार पनि समावेश गरिरएको छ ।
  • वालवालिकाको सर्वाङ्गिण विकास तथा मातृ स्याहारलाई व्यवस्थित गर्न सुत्केरी भेटघाट तथा पोषण कार्यक्रम लागि ५ लाख विनियोजन गरेको छु । र स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुचमा पुर्याउन प्रत्येक वडाहरुमा स्वास्थ्य शिविर सञ्चालनको लागि रु. १० लाख विनियोजन गरेको छु, साथै प्रत्येक वडामा योग शिविर सञ्चालनका लागि आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • खानेपानीको पहुच नपुगेका गाउँपालिका भित्रका विभिन्न क्षेत्रहरुमा खानेपानिको एकमुस्ट कार्यक्रम सञ्चालनको लागि साना खानेपानी निर्माण शिर्षकमा रु. १५ लाख विनियोजन गरेको छु र सिंचाई कार्यक्रम साझेकारी कार्यक्रमको लागि साना सिंचाई कार्यक्रम शिर्षकमा २० लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्र महामारीजन्य रोगहरुको नियन्त्रण तथा रोकथामका  रु.१० लाख विनियोजन  गरेको छु,मानव स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै औषधि खरिदका लागि रु.२० लाख विनियोजन  गरेको छु, गाउँपालिका भित्रका जनताहरुको स्वास्थ्यलाई विशेष मध्यनजर गर्दै अस्पताल सम्म जनताको पहुँच छरितो र सुलभ तरिकाले पुर्याउनको लागि एम्बुलेन्स खरिदको लागि ३० लाख बजेटको व्यवस्था गरेको छु ।
  • गाउँपालिका भित्र विभिन्न प्राकृतिक प्रकोप,दिर्ध रोग बाट पिडित नागरिकहरुको उद्दार, राहात र पुनर्स्थापनाको लागि २० लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक र व्यवस्थापकिय सुधार र अंग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्न ५८ लाख बजेटको व्यवस्था गरेको छु ।
  • जनतामाझ प्रत्यक्ष सरोकार राख्ने र जनताको सेवा गर्ने क्लब/संस्थाहरुलाई आवश्यक बजेटविनियोजन  गरेको छु ।
  • गाउँपालिका भित्रका नागरिकहरुको प्रतिभा विकास तथा लुकेका प्रतिभाहरुको प्रस्फुटनको लागि आवश्यक रकमको व्यवस्था गरेको छु ।
  • महिला सशक्तिकरण, लैङ्गिक हिंशा तथा अपाङ्ग रोगथाम तथा पुनर्स्थापन कार्यक्रम सञ्चालनको लागि महिला,वालवालिका तथा जेष्ठ नागरिक शाखाबाट आवश्यक कार्यक्रम सञ्चालनको लागि रु.२७  लाख बजेट विनियोजन गरेको छु ।

(ग)       आर्थिक विकास क्षेत्रः

  • यस गाउँपालिकाको आर्थिक विकासको मेरुदण्ड सहकारी, कृषि तथा पशुपालन नै हो । सहकारी क्षेत्रको सर्वाङ्गीण विकास तथा कृषि र पशुपालनलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट आधुनिक व्यावसायिक प्रणालीमा रुपान्तरण नगरेसम्म यस क्षेत्रको विकास असम्भब छ । तसर्थ आर्थिक क्षेत्रका समग्र विकासका लागि रु.१ करोड ४१ लाख ६० हजार  विनियोजन गरेको छु ।
  • युवा लक्षित रोजगार कार्यक्रमका लागि गाउँपालिका भित्र रहेका युवाहरुलाई रोजगारी तर्फ उन्मुख गर्दै रोजगारीको अवसर सृजना गर्न युवा लक्षित रोजगार कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारीका लागि रु. ५० लाख वजेटको व्यवस्था गरेको छु ।
  • व्यावसायिक कृषि प्रवर्धन कार्यक्रम साझेदारी, कृषि यान्त्रिकरण,मागमा आधारित पशुपालन समूह लक्षित कार्यक्रम,मागमा आधारित फर्म लक्षित कार्यक्रम,आकस्मिक संक्रमक रोगबाट वालि संरक्षण कार्यक्रम,प्राङ्गरिक झोल जैविक मल व्यस्थापन कार्यक्रम,माटो परिक्षण घुम्ती कार्यक्रम, पशु औषधि खरिद तथा कृतिम गर्भाधान कार्यक्रमका लागि रु.६० लाख विनियोजन गरेको छु ।
  • होटल व्यावसायीको क्षमता विकास तथा सिप विकास गरी अतिथी सत्कारलाई व्यवस्थित,मर्यादित र अनुशासित बनाउदै आन्तरिक पर्यटन प्रवर्धनका सम्बन्धमा होमस्टे तथा पाककला सम्बन्धि तालिमका लागि आवश्यक बजेटराखेको छु ।

(घ)       वातावरण र विपद व्यवस्थापनः

  • यस गाउँपालिकामा वातावरणको संरक्षण र विपद व्यबस्थापन कार्य चुनौतीपुर्ण रहेको छ । प्राकृतिक तथा मानव सृजित कारणबाट हुन सक्ने विपद व्यबस्थापन तथा वातावरण संरक्षणका लागि विपद व्यवस्थापन कोषमा आवश्यक बजेट राखेको छु ।
  • गाउँपालिका भित्र प्राकृतिक प्रकोपहरुबाट भएका विभिन्न पूर्वाधारहरुको आवश्यक मर्मत सम्भार तथा व्यवस्थापनका लागि मर्मत संम्भार कोष  शिर्षकमा रु.५० लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्रका सामुदायिक वन तथा सार्वजानिक स्थालहरु जस्तै साघु पाखा, एक चुल्हे क्षेत्र, साब्ली थुम्का, धमानी पाखा र लुम्दे सिंह देवी क्षेत्रहरुमा वृक्षरोपण कार्यक्रम सञ्चालनका लागि आवश्यक रकमको व्यवस्था गरेको छु ।
  • गाउँपालिका भित्रका सार्वजनिका बजारहरुमा फोहोर मैलाको उचित व्यवस्थापन गर्न पुन:चक्रण र पुन:प्रयोगलाई मध्यनजर गर्दै फोहोर मैला तथा डम्पिङ साईट व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
  • जलाधार र सिमसार क्षेत्रको संरक्षण र प्रवर्धनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

(ङ)       संस्थागत विकास सेवा प्रवाह र सुशासनः

  • गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विभिन्न विषयहरुमा नागरिकमुखी, जनमुखी एवं नागरिकको घरदैलो सम्म पुगेर सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती सेवाको व्यवस्थाको लागि आवश्यक  वजेट विनियोजन गरेको छु  । न्यायिक समिति व्यवस्थापन तथा अन्य सुशासनका क्षेत्रमा  रु. ९७ लाख  बजेट व्यबस्था गरेको छु ।
  • सहकारी संञ्जाल तथा संयन्त्रहरुको विकास तथा प्रवर्धनको लागि रु.१५ लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका अन्तर्गत सञ्चलन हुने विभिन्न योजना, कार्यक्रम र कार्यसम्पादन लाई पारदर्शी तरिकाले आम नागरिकमा सूचनाको माध्यमबाट जानकारी दिन सञ्चार क्षेत्रको विकास र सहकार्यका लागि रेडियो तथा पत्रकारिता सम्बन्धि कार्यक्रम सञ्चालनको लागि रु.१५ लाख विनियोजन गरेको छु ।
  • जनप्रतिनिधी र कर्मचारीहरुलाई नागरिक प्रति उत्तरदायी, जवाफदेही र जिम्मेवार हुन निरन्तर सार्वजनिक सुनुवाई एवं गुनासो सुनुवाईको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • गाउँपालिका भित्रका नव सृजनसिल प्रतिभाहरुको उत्थान एवं प्रोत्साहान गर्न र सोको लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न आवश्यक बजेट राखेको छु ।
  • गाउँपालिका भित्र भएका विभिन्न पक्षहरुको वस्तुपरक तथ्याङ्क सम्बन्धि जानकारी लिन स्थानिय तथ्याङ्क र अभिलेख संकलन एवं व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • गाउँपालिकाको शान्ति सुरक्षालाई सु-व्यवस्थित गर्न स्थानिय प्रहरी प्रशासन सँग समन्वय, सहकार्य गर्दै अघि बढ्न प्रहरी चौकीको पूर्वाधार निर्माण र विपद जन्य अवस्थाहरुमा उद्दार, राहात र पुनर्स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

(च)       कोषको व्यबस्थाः

  • विकासका साझेदार संघ/संस्थाहरुको सहायताबाट लाभ लिन र त्यस्ता साझेदारहरुलाई विकासमा लगानीको प्रोत्साहन समेत गर्न रु. ५० लाखको समपुरक कोष स्थापना गर्ने प्रस्ताव गरेको छु ।
  • विभिन्न प्रकृतिक प्रकोपहरुबाट हुने विभिन्न क्षतिहरुको मर्मत सम्भारका लागि मर्मत सम्भार कोषमा रु.५० लाख बजेट विनियोजन गरेको छु ।

(छ)       खेलकुद

  • गाउँपालिका भित्रका खेलाडी तथा खेलकुद प्रेमी युवाहरुको प्रतिभा, क्षमता विकास गर्न तथा लुकेका खेल प्रतिभा प्रस्फुटन गर्न गाउँपालिका स्तरीय र विद्यालय स्तरीय खेलकुदका लागी रु.  १७ लाख विनियोजन गरेको छु ।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

११.     अब म बजेटको स्रोतको व्यवस्था सम्बन्धि योजना प्रस्तुत गर्दछु । प्रचलित कानून अनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र संकलन गर्ने कर, सेवा शुल्क, दस्तुर, राजश्व वांडफांडबाट प्राप्त हुन सक्ने रकम, संघीय तथा १ नं. प्रदेश सरकारले उपलब्ध गराएको अन्तर सरकारी वितीय हस्तान्तरण साथै आ.ब. को जिम्मेवारी रकम समेत गरी चालु आर्थिक बर्षमा विभन्न श्रोतहरुबाट रु.५१ करोड १४ लाख ३ हजार रुपैया प्राप्त हुने अनुमान गरेको छु।जसको विस्तृत विवरण अनुसुची-१ मा संलग्न छ ।

१२.     मैले यस सभा समक्ष पेश गरेको उल्लेखित कार्यक्रम र बजेट कार्यान्वयन गर्न निम्नानुसार हुने व्यबस्था मिलाएको छु

क)        चालु खर्च तर्फ सबै कर्मचारीहरुको तलब, भत्ता, महंगी भत्ता, पोशाक सुविधा, चाडपर्व खर्च, गाउँपालिका तथा वडा कार्यालय संचालन लगायतका शिर्षकमा प्रचलित कानूनले तोकिएको दरमा नबढ्ने गरी रकम समावेश गरिएको छ ।यसका साथै यसै शिर्षकमा जननिर्वाचित पदाधिकारीहरुको लागि सेवा, सुविधा र पारिश्रमिकको रकम समावेश गरिएको छ ।

ख)        आ.ब. २०७९।८०देखि उपभोक्ता समिति मार्फत संचालन हुने योजना तथा कार्यक्रमको लागत अनुमान नेपाली भाषामा पनि तयार गरी कार्यान्वयन गरिने व्यबस्था मिलाएको छु ।

ग)         स्वीकृत योजना तथा कार्यक्रमहरु त्रैमासिक कार्य योजना अनुसार कार्यान्वयन हुने व्यवस्था मिलाएको छु ।

घ)         संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबाट स्वीकृत कार्यक्रम दोहोरिएमा संघको कार्यक्रमले प्रदेशको कार्यक्रमले गाउँपालिकाको कार्यक्रम स्वतः विस्थापित गर्नेछ । सभाबाट स्वीकृत यस्तो विस्थापित कार्यक्रमको कार्यान्वयन गाउँ कार्यपालिकाको निर्णयानुसार हुनेछ ।

१३.       व्यय सम्बन्धि विवरणः

(क)      चालु तर्फः यस शिर्षक अन्तर्गत शिक्षक, कर्मचारी तथा निर्वाचित पदाधिकारीहरुको तलब, भत्ता, पारिश्रमिक र अन्य सुविधा, गाउँ कार्यपालिका तथा ७ वटै वडा संचालन खर्च तथा चालु प्रकृतीका अन्य खर्चहरुको लागि आन्तरीक श्रोत, बैंक मौज्दात, संघीय तथा प्रदेश समानिकरण अनुदान, संघीय सशर्त अनुदान, संघीय तथा प्रदेश राजश्व वांडफांड समेत बाट रु.१२ करोड ३९ लाख १२ हजार९ सय४६ रुपैया र ९ पैसाअर्थात २४.२३ प्रतिशतविनियोजन गरेको छु ।

(ख)      पुंजीगत तर्फः प्रस्तावित बिभिन्न योजना तथा कार्यक्रम संचालनको लागि समानिकरण अनुदानबाट पुंजिगत तर्फ रु. ३८ करोड ७४ लाख ९ हजार ५३ रुपैयाअर्थात ७५.७७प्रतिशतविनियोजन गरेको छु ।

(ग)       आर्थिक बर्ष २०७९।८०का लागि चालु र पुंजीगत समेत गरी रु.५१ करोड १४ लाख ३ हजार रुपैया हुने अनुमान गरेको छु । व्ययको समष्टिगत विवरण अनुसुची-२ मा उल्लेख गरेको छु ।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

१४.     विनियोजित बजेट खर्च गर्न र बजेटलाई पुर्णता दिन यसै बजेटको अभिन्न अंगको रुपमा यस सम्मानित सभा समक्ष फाकफोकथुम गाउँपालिकाको विनियोजन विधेयक, २०७९ र आर्थिक विधेयक, २०७९ समेत स्वीकृतीको लागि पेश गरेको छु ।

१५.       पदाधिकारीहरुको लागि पारिश्रमिक र अन्य सुविधाः

जननिर्वाचित पदाधिकारीहरु मध्ये कसैले आफ्नो पुरै समय र कसैले आधा भन्दा बढि समय कानूनले तोकेको जिम्मेवारी पुरा गर्न खर्चिनु पर्ने अबस्था रहेको छ । यस्तो अबस्थामा पदाधिकारीहरुलाई प्रदेश कानूनले तोकेको सेवा, सुविधा उपलब्ध गराइने ब्यवस्था मिलाइएको छ।

१६.       फाकफोकथुम गाउँपालिकामा रहने कर्मचारी दरबन्दीः

आ.ब. २०७९।८० मा फाकफोकथुम गाउँ कार्यपालिका र वडा कार्यालयहरुमा रहने एकिकृत दरबन्दी स्वीकृतीको लागि तपसिल बमोजिम पेश गरेको छु ।

.गाउँ कार्यपालिका तर्फ

सि.नं.

श्रेणीतह/सेवा सूमुह

तह

सेवा

समूह

उप-समूह

स्वीकृत दरबन्दी

कैफियत

प्र. प्रशासकीय अधिकृत

शा.अ.

प्रशासन

सा.प्र.

.

ईन्जिनियर

७।८ औ

ईन्जि.

सिभिल

अधिकृत

७।८ औ

शिक्षा

शि.प्र.

अधिकृत

७।८ औ

प्रशासन

लेखा

अधिकृत

६ औ

प्रशासन

सा.प्र.

आन्तरिक लेखा परिक्षक

५ औ

प्रशासन

लेखा

सहायक

५ औ

प्रशासन

सा.प्र.

कम्प्यूटर अपरेटर

५ औ

विविध

लेखा सहायक

५ औ

प्रशासन

लेखा

१०

प्रा.स.

५ औ

शिक्षा

शि.प्र.

११

हे.अ.

५।६ औ

स्वास्थ्य

हे.ई.

१२

सव-ईन्जिनियर

५ औ

ईन्जि.

सिभिल

१३

अ-सव-ईन्जिनियर

चौथो

ईन्जि.

सिभिल

१४

स.महिला विकास निरिक्षक

चौथो

विविध

१५

खा.पा.स. ट.

चौथो।पाँचौ

ईन्जि.

सिभिल

स्यानीटरी

१६

हलुका सवारी चालक

वडा कार्यलय (७वटा ) तर्फ

सहायक

५ औ

प्रशासन

सा.प्र.

सव-ईन्जिनियर

५ औ

ईन्जि.

सिभिल

सहायक

चौथो

प्रशासन

सा.प्र.

अ.सव-ईन्जिनियर

चौथो

चौथो

सिभिल

वडा कार्यालय कुल जम्मा

१४

गा.पा. कार्यालय/वडा कार्यालय कुल जम्मा

३४

.स्वास्थ्य चौकी तर्फको कर्मचारी दरवन्दी

सि.नं..

पदनाम

श्रेणी/तह

दरबन्दी

अधिकृत

स्वा.हे.ई अधिकृत छैठौं

सहायक

स्वा.हे.ई/प.हे.न.पांचौं १०/चौथो १०

२०

कार्यालय सहयोगी

श्रेणी विहिन

.सामुदायिक स्वास्थ्य इकाई तर्फको कर्मचारी दरवन्दी

सि.नं..

पदनाम

श्रेणी/तह

दरबन्दी

सहायक

स्वा.हे.ई/प.हे.न.पांचौं २/चौथो 

कार्यालय सहयोगी

श्रेणी विहिन

.आयुर्दवेद तर्फको कर्मचारी दरवन्दी

सि.नं..

पदनाम

श्रेणी/तह

दरबन्दी

सहायक

स्वा.बैद्य/स्वा.कविराज, पाँचौ/चौथो

कार्यालय सहयोगी

श्रेणी विहिन

.कृषि विकास शाखा तर्फको कर्मचारी दरवन्दी

सि.नं..

पदनाम

श्रेणी/तह

दरबन्दी

अधिकृत

कृषिनवौ/आठौ

सहायक

पांचौं/चौथो

कार्यालय सहयोगी

श्रेणी विहिन

.पशु सेवा शाखा तर्फको कर्मचारी दरवन्दी

सि.नं..

पदनाम

श्रेणी/तह

दरबन्दी

अधिकृत

पशुनवौ/आठौ

सहायक

पांचौं/चौथो

कार्यालय सहयोगी

श्रेणी विहिन

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

   १७. यस गाउँपालिकालाई प्राप्त अनुदान, राजश्व बांडफांड र आन्तरीक श्रोतबाट मात्र संचालन गर्न असम्भब भएका ठुला विकास योजना/परियोजनाहरु संचालनको लागिसंघीय सरकार, प्रदेश सरकारर दातृ निकाय समेतलाई अनुरोध गरिनेछ । त्यस्ता ठुला र महत्वपुर्ण योजनाहको सुची गाउँ कार्यपालिकाले तयार गरे बमोजिम हुनेछ ।

   १८. प्रस्तुत बजेट तथा कार्यक्रम निर्माण कार्यमा आफ्नो महत्वपुर्ण सुझाव उपलब्ध गराउनु हुने राजनीतिक दल, गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरु, अन्य प्रबुद्धवर्ग, बिषयगत शाखाका संयोजकहरु, संघ/संस्थाहरु, सम्पर्ण फाकफोकथुमबासी जनताहरुलाई लाई धन्यवाद दिन चाहन्छु । सो कार्यमा अहोरात्र खटिरहने गाउँपालिकाका सम्पुर्ण कर्मचारीलाई बिशेष धन्यवाद दिन चाहन्छु ।

१९. अन्त्यमा, फाकफोकथुमको विकास र सम्बृद्धिमा निरन्तर सहयोग पुर्याउनु हुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग, सद्भाव र सहकार्य हुनेछ भन्ने विश्वास लिएको छु ।

आर्थिक वर्ष २०७९।८० को विनियोजित बजेट पारित गरियोस भनी यस सम्मानित हलमा प्रस्ताव पेश गर्दछु ।

धन्यबाद

जय फाकफोकथुम !

अनुसूची १

समष्टिगतआय अनुमान २०७९।८०

सि.नं.

आम्दानीका श्रेत तथा क्षेत्रहरु

रकम

खर्च प्रतिशत

अंकमा

अक्षरमा

संघीयसरकार सशर्त अनुदान

२५,८१,००,०००

२५ करोड ८१ लाख

५०.४७ %

संघीयसरकार समानीकरण अनुदान

१०,७९,००,०००

१० करोड ७९ लाख

२१.१० %

संघीयसरकार राजस्व बाँडफाँड

,१७,००,०००

८ करोड १७ लाख

१५.९८ %

संघीयसरकार समपुरक अनुदान

४०,००,०००

४० लाख

.०८ %

१ नं.प्रदेश सरकार सशर्त अनुदान

    ७,३२,०००

७ लाख ३२ हजार

.९३ %

१ नं.प्रदेश सरकार समानीकरण अनुदान

५८,१६,०००

५८ लाख १६ हजार

.१४%

१ नं.प्रदेश सरकार राजस्व बाँडफाँड

४७,५५,९३०

४७ लाख ५५ हजार ९ सय ३०

.९३ %

१ नं.प्रदेश सरकार समपुरक अनुदान

,००,००,०००

१ करोड

.९६%

बैंकमौज्दात

,५०,००,००

३ करोड ५० लाख

.८४%

आन्तरिक आयअनुमान

७०,००,०००

७० लाख

.३७%

 

जम्मा

५१,१४,०३,०००

रु.५१ करोड १४ लाख ३ हजार रुपैया

१०० %

अनुसूची २

समष्टिगतव्याय अनुमान २०७९।८०

क्र सं

विवरण

बजेट

अक्षरमा

चालुतर्फ(गाउँ कार्यपालिकाको कार्यालय संञ्चालन तथा प्रशासनिक खर्च)

९,१६,६१,०००

९ करोड १६ लाख ६१ हजार

संघीय सरकार शसर्तअनुदान

२५,८१,०००००

२५ करोड ८१ लाख

संघीय समपुरक अनुदान

४०,००,०००

४० लाख

१ नं प्रदेश सरकार शसर्तअनुदान

७,३२,०००

७ लाख ३२ हजार

१ नं प्रदेश समपुरकअनुदान

१,००,००,०००

१ करोड

वडा सिलिङ

३,५०,००,०००

३ करोड ५० लाख

गाउँपालिका पूँजिगत(शाखागत, विषयगत कार्यक्रम तथा योजनाहरु )

११,५५,१०,०००

११ करोड ५५ लाख १० हजार

समष्टिगत कुल जम्मा

५१,१४,०३,०००

रु.५१ करोड १४ लाख ३ हजार रुपैया

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ५८ बजे