१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

माङसेबुङका कृषकलाई प्रोत्साहन नै प्रोत्साहन



किरात समाचारः  माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम ल्याएको छ ।

आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रममा माङसेबुङ गाउँपालिकाका कृषकहरुलाई प्रोत्साहन कार्यक्रम ल्याएको हो ।
निति तथा कार्यक्रममा कृषकलाई प्रोत्साहनका लागि विभिन्न शिर्षकमा प्रोत्साहन गर्ने भएको छ । किसानले दैनिक २० लिटर दुग्ध उत्पादनगरि विक्रि गरेमा प्रतिलिटर २ रुपयाँ प्रोत्साहन प्रदान गर्ने भएको छ ।

यस्तै स्कुस २० झ्याङका लागि प्रति झ्याङ १ हजार, ५० झ्याङ केराका किसानीका लागि प्रति झ्याङ १ सय, २५ झ्याङ मलबास जातका लागि बा“स १ सय, कफि उत्पादन गर्ने किसानलाई प्रतिकेजी २० रुपायाँ प्रदान गर्ने भएको छ ।

माङसेबुङ गाउँपालिकाको वडा नं. ३ र ५ मा दालखेति किसानले अत्याधिकरुपमा गर्ने गर्दछन् सोही किसानीलाई पनि प्रोत्साहन गर्नका लागि १ सय केजी दाल उत्पादन गर्नेलाई प्रतिकेजी रु २० प्रोत्साहन गर्ने भएको हो ।

यसकालागि गाउँपालिकाको कार्यान्वयनका लागि प्रोत्साहन निति बनाएर अगाडी बढाउने बजेट वक्तव्यमा उल्लेख गरेको थियो ।

यसैगरि माङसेबुङका सबै वडाका कृषि पकेट क्षेत्र बनाउनका लागि वडा नं. ४ मा केरा खेती, वडा ३ मा धानखेती, ३ कै खलङगे उतरे, चिवुवा, मान्द्रे,खोंगी, खुन्द्रुका, सिवाचिन र वडा ६ कै टोड्के कुसुन्डे क्षेत्रलाई टमाटर, वडा १, २ र ६ को माथिल्लो क्षेत्रमा किवीखेती, पकेट क्षेत्र घोषणा गरेको छ ।

वडा १,२,३,५ र ६ मा गाईपालन, वडा ४ बाख्रापालन, वडा ३ र ५ मा एक घरले ५ बोट फलफुल रोपण कार्यक्रमलाई अगाडी बडाउने भएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : २८ बजे