६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इलाममा जीप दुर्घटना,१३ जना घाइते



इलाम : ताप्लेजुङको थुम्बेदिनबाट झापा तर्फ जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा १३ जना घाईते भएकाछन् । को १ ज ३३२९ नम्बरको ट्याक्सी शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्यक्सीमा सवार एक बच्चा सहित १३ जना घाइते भएकाहुन् ।

घाइते हुनेहरू निम्न रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । ताप्लेजुङ पाथिभरा याङ्बरक गा.पा ५ बस्ने वर्ष २१ की मनिषा तामाङ ,वर्ष २४ को लोकेन्द्र सिलवाल फुङलिङ न.पा ६ बस्ने वर्ष ३० की निमा खतिवडा जिल्ला झापा मेचिनगर न.पा ९ बस्ने वर्ष २२ को बस्ने १० महिनाकि बच्चा रियन्सा राइ वर्ष २२ की मञ्जली राइ भद्रपुर न.पा ३ बस्ने वर्ष वर्ष ५३ को इन्द्र ब. कार्की ,वर्ष ५६ को जित ब. थेबे ,जिल्ला पाँचथर फालेलुङ गा.पा. १ बस्ने वर्ष ३२ की अप्सरा कोइराला , याङबरक गा.पा ५ बस्ने वर्ष ५१ को प्रेम तामाङ , वर्ष २३ को दिपेन्द्र कोइराला,जिल्ला भोजपुर श्यामसिला गा.पा १ बस्ने वर्ष २७ को सुरेन राइ ,चालक जिल्ला इलाम इलाम न.पा २ सुम्बेक बस्ने वर्ष २४ को चुडामणि घिमिरे रहेको छ ।

गम्भीर घाइते सबैलाई थप उपचारका लागि झापा रेफर गरिएको छ । घाइते मध्य ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : २४ बजे