पान्थर : पाँचथरको फालेलुङ गाउँपालिका –७ मा गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिदा ३ जना बेपत्ता भएका छन् ।
गएराती शुक्रबार १० बजेतिर दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
पहिरोमा ४२ वर्षीय छोरा रुपलाल, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् । दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए ।