किरात समाचार : माङ्सेबुङ गाउपालिकाले पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
बिहिवार गाउँपालिकाको आयोजनामा बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि इलामको सहजिकरणमा आ.ब ०७८/०७९ को सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
गाउँपालिकाबाट प्रवाह भईरहेको सेवा, विकास निर्माण,सुशासन आर्थिक प्रशासनिक गतिविधिका बारेमा नागरिकलाई जानकारी गराउन सार्वजनिक सुनुवाइ गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न, जिज्ञासा, टिप्पणी , सल्लाह सुझावको विषयगत जवाफ दिएर स्पष्ट पारेका थिए । यसैगरी माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई ,उपाध्यक्ष बिनोद नेम्बाङ ,प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले समग्र उठेका प्रश्न, जिज्ञासाहरु लाई प्रष्टाएका थिए ।
गाउँपालिकाका अध्यक्ष हेमन्त राई उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, माङसेबुङ वडा नं. २ का अध्यक्ष कृष्णबहादर बस्नेत, प्रशासन प्रमुख उपेन्द्र पौडेल, लेखा शाखा प्रमुख मञ्जु भट्टराई, प्राविधिक शाखा प्रमुख अर्जुन घिमिरे लगायत सबै शाखाको प्रमुख तथा कार्यपालिका सदस्यहरु , वडासदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम पालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा सम्पन्न भएको थियो । बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लिका संचालक तथा नयाँ बुलन्द आवाजका सम्पादक राम योङ्हाङले कार्यक्रम सहजीकरण गरेका थिए ।