१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

शिन्जो आवे जापानका पूर्वप्रधानमन्त्रीको निधन



एजेन्सी : आक्रमणमा परि गम्भिर घाईते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन भएको छ ।

जापानको समाचार एनएचके वर्ल्डले लिबरल डेमोक्रेटिक पार्टीलाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आवेको निधन भएको जानकारी दिएको छ ।

जापानको पश्चिमी शहर नारा सहरमा शुक्रबार विहान चुनावी भाषण  गरिरहेको अवस्थामा पछाडिबाट छातीमा आवेमाथि गोली प्रहार गरिएको थियो । आवेमाथि गोली प्रहार गर्ने तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरेको छ ।

आवे जापानमा सबैभन्दा लामो समय करिब ८ वर्षसम्म कार्यकारी पदमा रहने नेतामा पर्छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : ०७ बजे