विराटनगर : प्रदेश नम्बर १ को नामकरणका लागि सरकारले आह्वान गरेको सर्वदलीय बैठक विराटनगरमा सुरू भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको आव्हानमा सुरू भएको बैठकमा प्रदेश संसदीय दलका शिर्ष नेताहरू सहभागी छन् । कोशी, किरात, सगरमाथा, विराट, विजयपुर, लिम्बुवान जस्ता नामबारे अनौपचारिक छलफलमा रहेका दलहरू बीचको आजको छलफलमा सबैले आ–आफ्नो प्रस्ताव गर्ने सम्भावना छ ।
मुख्यमन्त्री राजेन्द्र राई त्यसैगरी कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूर्यराज राई, एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, माओवादीका नेता एवम मन्त्री ईन्द्र आङ्बो, जसपाका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुमाया तुम्बहाम्फे बैठकमा सहभागी छन् ।