१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय



काठमाडौँ : जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको  निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार चुनावी  सभालाई सम्बोधन गरिरहेका बेला  आबे माथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका  उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आबे हत्याको घोर भर्त्सना गरेको छ र उनको निधनप्रति  शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ०७ बजे