तेह्रथुम: तेह्रथुमको बसन्तपुर बजारमा रहेको चोत्लुङ पार्कबाट मेन्छ्यायेम, असाङलु,सेम्सेम्लुङ,मुन्धुमी पदमार्ग प्रबर्धनका लागि आज तेह्रथुमको बसन्तपुरमा तेह्रथुम ,सङखुवासभा र ताप्लेजुङको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
बसन्तपुर बजारबाट के:लाङ र नौमती बजन सहितको र्यालीले चोत्लुङ पार्कमा रहेको ऐतिहासीक संग्रालयको प्रदेश न १ का पर्याटन तथा संस्कृतिक मन्त्री खिनु लङवा लिम्बुले अनुगमन गर्नुभएको थियो।
लालीगुरास नगरपालिकाको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा १ नम्बर प्रदेशका बन अधिकृत दय बिनोद खतिवडा र सोमेसोर कुमार दासले नेपालमा जैबिक बिबिधता यसको सभ्यता,यो क्षेत्रमा के कस्ता बन्यजन्तु पाउनका साथै बनस्पतीहरू पाईन्छ भनी आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियोभने चोलुङ, मेन्छ्यायेम,असङलुङ,सेम्सेम्लुङ,मुन्धुमी पदमार्ग कस्तो हुन्छ,मुन्धुम के हो मुन्धुम र पुर्खामा कस्तो सम्बन्ध छ भन्ने बिषयमा लालीगुरास नगरपालिकाको प्रमुख अर्जुन माबोहाङले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिती तथा १ नम्बर प्रदेश पर्याटन तथा संस्कृतिक मन्त्री खिनु लङवा लिम्बुले प्रदेश सरकारले यस मुन्धुमी पदमार्गलाई हातेमालो गर्दै यश ठाउहरूलाई प्रर्याटकीय बनाईयो भने यश क्षेत्रका जनाताले रोजगार पाउने बताउनुभयो।
कार्यक्रममा छथर जोरपार्टी गाउपालीका धनकुटाका अध्यक्ष छत्र बहादुर लिम्बु , मैवाखोला गाउपालिका ताप्लेजुङका उपाध्यक्ष कमल कुमारी असली वनेम,अठराई गाउपालिकाका उपाध्यक्ष बलिराज ईङनाम,प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे,नेकपा एमाले लालिगुरास नगर पालीकाका अध्यक्ष गणेश कुमार सेने,नेकपा माओबादी लालीगुरास नगरपालिकाका अध्यक्ष छिरिङ लामाले आफ्नो धारणाना राख्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रम लालीगुरास नगरपालिकाको प्रमुख अर्जुन माबोहाङको अध्यक्षतामा सम्पन्न भएको लालीगुरास नगरपालिकाको प्रेस सल्लाहकार राजकुमार तेयुङले जानकारी दिनुभयो।