किरात समाचार : संखुवासभा र तेह्रथमको संगमस्थल तीनजुरेमा लाधुङ्सेमी सेवा सपन्न भएको छ । सोमबार किरात धार्मिक बिधि अनुसार लाधुङसेमी सेवा सम्पन्न भएको हो ।
विश्व शान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थ सामुहिक रुपमा आयोजना गरिएको सेवामा साङ्दाङ्गेन वारुमसावा घनश्याम सावादेन तथा संखुवासभा धर्मदेबी नगरपालिका १ का सादाङ्गेन वारुमसावा हिन्दराज मुसाहाङ, माङ्सेवासावा सन्तकुमार सुक्वाबा, छवि पयाङ्गु, रेवत सावादेन, तोर्णकुमार सेनेहाङ र माङ्सेवासावा खेम सेनेहाङलागायतबाट किरात साम्जिक मुन्धुम बाचन गरेर सेवा सम्पन्न भएको थियो ।
कार्यक्रममा लालीगुराँस नगरपालिका.९ का किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य तथा जिल्ला भुपु.उप सभापती ललित बहादुर सोदेम्बाले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा संखुवासभा, म्याङ्लुङ तथा लालीगुरास नगरपालिका, मोरङ र सुनसरि जिल्लाका किरात धर्माबलम्बीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संयोजन तोर्णकुमार सेनेहाङ र माङसेवा ब्यापस्थापन खेम सेनेहाङले गरेका थिए ।