३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

प्रदेश १ सरकारद्वारा एकदर्जन बढी स्रष्टा सम्मानित



विराटनगर : प्रदेश नम्बर १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ ।

बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डा.गोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा.केआर खम्बु (झापा) लाई सम्मानित गरिएको हो । त्यस्तै प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट मनु मञ्जिल (सुनसरी), गोबद्र्धन तामाङ (उदयपुर), बिजय श्रेष्ठ (इलाम), भरत गुरागाईं (मोरङ), ममता गिरी (सुनसरी), गोपाल देवान (सुनसरी), बीर बहादुर लाप्चा (इलाम), हरि कट्टेल (सोलुखुम्ब), मानसिंह थुलुङ (इलाम), महेन्द्र राई (सुनसरी), जयन्तीरमण कण्ठ (सुनसरी) र नवराज वर्तमान (भोजपुर) लाई सम्मानित गरिएको हो ।

त्यसै गरी नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कारबाट लीला अनमोल (झापा), यसोदा कुमारी लम्साल (सुनसरी), चेतन आङ्थुपो (इलाम), मधुराज केरुङ (पाँचथर) र बिमला चिमोरिया (झापा) सम्मानित तथा पुरस्कृत भएका हुन् । सम्मानित स्रष्टा, कला, साहितय र संस्कृतिकर्मीलाई प्रदेश–१, का मूख्यमन्त्री राजेन्द्र राई लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : ५४ बजे