१९ जेष्ठ २०८३, मंगलबार | Wed Jun 3 2026

जसपाको संघीय परिषद अध्यक्षमा अशोक राई चयन



जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले संघीय परिषद अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

पार्टिको वरिष्ठ नेता रहेका अशोक राईलाई  विरगन्जमा सम्पन्न जसपाको केन्द्रीय समितिको बैठकले राईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो ।

जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई भने पदमुक्त गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।

बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ११ बजे