१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

यालेस उपत्यका अध्यक्षमा शनि लिम्बू निर्वाचित



काठमाण्डौ : याक्थुङ लेखक संघ उपत्यका कार्यसमिति अध्यक्षमा शनि लिम्बू निर्वाचित भएकी छन् ।

शुक्रबार कोटेश्वरस्थित रत्नज्योति  होटेलमा सम्पन्न प्रथम उपत्यका अधिवेशनले लिम्बूको अध्यक्षतामा १३ सदसीय नवकार्य समिति निर्वाचित गरेको हो ।

निर्वाचित वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्षमा उत्तम लिम्बू, इन्दु फोम्बो, सचिवमा मञ्जु थेगिम, सहसचिवमा संगीन नेम्बाङ र कोषाध्यक्षमा मनमाया वनेम निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुस्मिता लावती , संगीता सुहाङ, सुरज मादेन,  राजा माबो, चाहना कुगेनाम्बा, सुजन आङदेम्बे र बीरेन्द्र थाम्सुहाङ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : २८ बजे