झापा : स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पालिकामा जनप्रतिनिधिमा निर्वाचित चार जना पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ झापा शाखाले बिदाई गरेको छ ।
शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा जनप्रतिनिधिमा निर्वाचित महासंघ झापा शाखाका सदस्य पत्रकारहरुलाई सम्मानसहित पत्रकार महासंघले बिदाई गरेको हो ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य वाग्ले सहित साधारण सदस्यहरु अग्निप्रसाद कोइराला, उमेश राउत , सुशन राईलाई सम्मानपत्र सहित खादा ओडाएर बिदाई गरिएको थियो ।
वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नम्बर ४ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।