किरात समाचार : काठमाडौमा लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ ।
आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङहिममा नाटककार सागर केरुङले लेखेको ‘सिसेक्पा’ नाटक मञ्चन गरिएको हो ।
यासेली योङहाङले निर्देशन गरेको ‘सिसेक्पा’ नाटक किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन गरिएको थियोे ।
सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को बिषयबस्तुमा आधारित नाटकमा कलाकारहरु यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र बिबेक बेघा लगायतले अभिनय गरेका थिए ।