विराटनगर : प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गएको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन नसकि रहेको बेला प्रदेश नं १ लाई किरात प्रदेश घोषणाका लागि किरात आन्दोलन चर्किएको छ ।
सोमबार किरात राई यायोक्खा केन्द्रिय समितिको आयोजनामा विराटनगरमा किरात आन्दोलनको लागी बृहत मोटरसाइकल ¥यालीमा प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रम भएको हो ।
यायोक्खाले प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका छन्। घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको जानकारी दिएका छन्। पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् । घेराउपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र समेत प्रदान गरेका छन ।
यस्तै मंगलबार साउन ३ गते बिहान ८ बजे बिराटनगरमा किरात सभ्यता सम्बन्धी प्राज्ञिक बहस, विभिन्न राजनैतिक दलका नेता, संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरूसंग निरन्तर छलफल, दबाब सृजना, थप कार्यक्रमको घोषणा समेत गरेका छन् ।