२ असार २०८१, शनिबार | Sat Jun 15 2024

लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा नतिजा सार्वजनिक



किरात समाचार : लिम्बू भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ ।

सोमबार शैक्षिक सत्र २०७८ को लिम्बू भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बू भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ ।

यस बर्ष पूर्वको इलाम,पाँचथर र ताप्लेजुङमा लिम्बू भाषाको परिक्षा भएको थियोे । पाँचथर पृथ्वी माबि यासोक, खलंगाटार मा.बि याङनाम,सत्यहाङमा मा.बि,इम्बुङ ताप्लेजुङको सेवा मा.बि फक्ताङलुङ गाउपालिका र इलामको सरस्वती मा.बि माङ्सेबुङ केन्द्रमा परीक्षा सम्पन्न भएको थियो ।

लिम्बू भाषा कक्षा १२ को नियमित , आंशिक , प्राइभेट र कक्षा ११ को नियमित , आंशिक , प्राइभेट परिक्षाको सिम्बोल नम्बर सहित नतिजा प्रकाशन भएको सत्यहाङमा माबि कक्षा ११ र १२ का लिम्बू भाषाको सहजकर्ता शेरबहादुर लिम्बुले जनाए ।                                                                                                कक्षा ११ र १२ को परीक्षा नतिजा हेर्नुहोस                                                 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : १२ बजे