५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

आज बिराटनगरमा हुने जनप्रदर्शनमा चुम्लुङ अध्यक्ष लगायत शिर्ष नेताले सम्बोधन गर्ने



किरात समाचार :  लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा बिराटनगरमा आज बृहत जनप्रदर्शन हुदैछ । प्रदेश १ को नामकरणको लागि दबाब दिन जनप्रदर्शन सभामा चुम्लुङ अध्यक्ष लगायत शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३२ वटा राजनीतिक ,समाजिक संघसंस्था संगठनहरुको आवद्ध लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेका हुन् । संघर्ष समितिले प्रदेश १ को राजधानी विराटनगरमा बृहत जनप्रदर्शन, धर्नासहित सभा गर्ने कार्यक्रम रहेको जनाएको छ ।

कोणसभामा चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, जनता समाजवादि पार्टिको केन्द्रीय कार्यकारिणी सदस्य  रकम चेम्जोङ, संघिय लोकतान्त्रीक राष्ट्रीय मन्च् अध्यक्ष कुमार लिङ्देन, माओवादी केन्द्रको मुक्साम मेयाङ्बो, जसपा सम्बद्ध लिम्बुवान समितिको तर्फबाट खगेन्द्र माखिम, नेपाली कांग्रेसको तर्फबाट उत्तमसिंह थाम्देन, प्रेमदिप थाम्सुहाङ, भवानी बराल, शिवकुमार मण्डल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको अशोक चेम्जोङले जनाए ।

 

 

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ३ : ३९ बजे