२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

जिउँदो इतिहास बोकेको लिम्बुवानलाई बाइपास गरिए कदापि मान्दैनौं – कुमार लिङ्देन



 

किरात समाचार : संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले प्रदेश १ को राजधानी बिराटनगरमा बृहत जनप्रदर्शन सभालाई सम्बोधन गदै जिउदो इतिहास बोकेको लिम्बुवानलाई बाइपास गरि लड्न खोजे धुलोपिठो बनाउने चेतावनी दिएका छन् ।

प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गदै किरात याक्थङ चुम्लुङको समन्वयमा विभिन्न ३५ वटा पहिचान पक्षधर राजनितिक दल,समाजिक संघसस्था आवद्ध संगठनहरुले विहिबार प्रदेश १ को राजधानी बिराटनगरमा गरेको जनप्रर्दशन कोणसभालाई सम्बोधन गदैं लिङदेनले सो कुरा बताएका हुन् ।

लिङदेनले कोणसभालाई सम्बोधन गदैं भने ‘ लिम्बुवान आन्दोलन एकरातमा यहाँ आईपुगेको होइन् हाम्रै पुस्तामा पनि सत्र अठार बर्ष निरन्तर लडिसक्यौं । धेरै साथिहरु अंगभंग शहिद भए । १८३१ देखि हाम्रो पुर्खाहरुले कुनै न कुनै रुपमा लडिरहनु भएको छ । त्यहि आन्दोलनको स्वरुप हो ।’उनले भने मधेसको रगत बग्यो लिम्बुवानको रगत बग्यो अनि बल्लबल्ल संघियता आयो ।

किरात र लिम्बुवान बारे सात सालदेखिनै सिंहदरबार काठमाडौंले फूटाउने कोशिस गरेको छ । लिम्बु र राई गाउँघरमा साह्रै मिलेर बसेको जाती भएको बताउदै उनले भने हामी कदापी किरात बिरोधी होइनौं । तर, लिम्बुवानवासी भएको हिसाबले लिम्बुवान छोड्न नसक्ने बताए ।

पछिल्लो समय प्रदेश १ को नामकरण पेचिलो बन्दै गइरहेकोमा प्रदेशको नाम लिम्बुवान,किरात राख्न माग गदैं लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले विभिन्न चरणबद्ध आन्दोलन गदै आइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ५ : २६ बजे