१० असार २०८१, आइतबार | Sun Jun 23 2024

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त



काठमाडौ : नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नियुक्त गरेको छ ।

शुक्रबार एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ए डिभिजन लिगमा एपीएफ क्लब सम्हालेका थिए । थापाले यस अघि पनि महिला टोली सम्हालिसकेका छन् । यस्तै एन्फाले वृन्दा देवानलाई महिला टोलीको टिम म्यानेजर नियुक्त गरिएको जनाएको छ ।

एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।सो प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ३० बजे