६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

दमकमा सांगीतिक कार्यक्रम हुने – Kiratsamachar



किरात समाचार : झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा सांगीतिक कार्यक्रम हुने भएको छ। याक्थुङ मुनचइत चोक सयङको आयोजनामा भोलि आइतबार बेजोड साङगितिक कार्यक्रम हुने भएको हो ।

भारतको सिक्किममा नियारा प्रडक्सनको आयोजनामा सम्पन्न  याक्थुङ आइडल सिजन -१ बिजेता सहित टप – ६ मा पर्न सफल कलाकारहरुको बेजोड साङगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सांगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन -१ बिजेता पिङ्की बेघा ,आशिष् लिम्बू अन्जना लिम्बू ,सन्चमान लिम्बू ,सुहाङ लिम्बू ,सावन लिम्बू लगायत कलाकारहरुको प्रस्तुति रहने छ ।

कार्यक्रम कलाकार तथा समाजसेवी त्रिभुवन लुङ्फुङ्वाको प्रमुख आतिथ्यमा हुने भएको छ । सिक्किमबाट कलाकारहरु आइडल टप -६ मा पर्न सफल कलाकारहरु सहित जम्मा ११ जना कलाकारहरु आउने आयोजकका एक सदस्यले बताए ।

यसैगरी याक्थुङ आइडल सिजन – २ को प्रचारप्रसार गर्ने र लिम्बू समुदायलाई एउटा् बेग्लै पहिचान र गित संगीतमा एउटा् राम्रो होस भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : ०४ बजे