काठमाडौं : स्वास्थ्य तथा जनसङख्या मन्त्री भवानीप्रसाद खापुङ लिम्बू अस्पताल भर्ना भएका छन् । उनलाई मधुमेह बढेपछि शनिबार उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वकीय सचिव मनोज लिम्बूले जानकारी दिए ।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको बताए ।