२ असार २०८१, शनिबार | Sat Jun 15 2024

आज प्रदेश १ सभाको बैठक बस्दै



बिराटनगर : प्रदेश १ को प्रदेश सभाको बैठक आज आइतबार बस्दैछ । गत असार १९ गते प्रदेशको बजेट पारित गरेर स्थागित भएको प्रदेश सभा बैठक आज दिउँसो १:०० बजे बस्न लागेको हो ।

प्रदेश सभा संसद सचिवालयका अनुसार आजको बैठकमा प्रदेश सभामा छलफलमा रहेको प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरि छलफल अगाडि बढाउने सम्भावना रहेको छ ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सभाको बजेट अधिवेशन जारी रहेको बताएका छन् । यसै अधिवेशनबाट प्रदेशको नामकरण टुङ्गोमा पुर्याउने भनिए पनि दलहरुबीच ठोस सहमति भने भएको छैन ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ४६ बजे