७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

किरात सगरमाथाको लागि शान्तिपूर्ण नैतिक दबाव समिती गठन



प्रदेश १ को नामाकरणको प्रदेश सरकारलाई पेचिलो बन्दै गएको बेला पहिचान र सभ्यताको आधारमा नाम राख्न माग गर्दै दबावपूर्ण कार्यक्रमहरु सञ्चालन गर्न शान्तिपूर्ण नैतिक दबाव समिति गठन भएको छ ।

प्रदेशको नामकरण पहिचान र सभ्यताको आधारमा किरात सगरमाथा प्रदेश नामाकरण गर्न शान्तिपूर्ण ढंगले नैतिक दबाव सिर्जना गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

समितिको संयोजकमा डकेन्द्रसिंह थेगिम र सह संयोजक केहेरसिं योङहाङ , सदस्य सचिव पृथिमान खालिङ र अर्थ संयोजक चिरञ्जीवी खालिङ राई रहेको छ ।

प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा कायम गराउन शान्तिपूर्ण दबाव सिर्जना गराउने गरी गठन गरिएको समितिले नेपालको प्रमुख राजनीतिक दलहरुका अध्यक्ष लगायत प्रधानमन्त्री र सभामुख समक्ष ज्ञापन पत्र बुझाउने र काठमाण्डौं उपत्यकामा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेको दबाव समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

समितिका संयोजक थेगिमका अनुसार संघीय सरकारमा ज्ञापन पत्र बुझाई सकेपछि चरणबद्ध प्रदेश सभामा ज्ञापन पत्र बुझाउने, शान्तिपूर्ण दबावका लागि जनप्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ ।

प्रदेशको नाम किरात सगरमाथा नामकरणले १ नम्वरवासी र मुलुककै सबै जातजातिहरुको राष्ट्रिय स्वाभिमानलाई सम्मानका लागि उपयुक्त नाम हुने संयोजक थेगिमको मत छ ।

प्राचीन कालदेखि बसोवास गर्दै आएका मुलुकका किरात जातिहरु भएको सम्मानसंगै विश्वको अग्लो चुचुरो सगरमाथाले सबै नेपालीलाई संसार भर चिनाउने हुँदा किरात सगरमाथा नाम राख्न उपयुक्त हुने समितिले जनाएको छ

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ३ : ५८ बजे