१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

आज बिराटनगरमा ‘लिम्बुवान-किरात’ प्रदेशको माग सहित संसद भवन अगाडि धर्ना बस्दै



किरात समाचार : प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान किरात हुनुपर्ने माग गर्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद भवन अगाडि धर्ना बस्दैछ ।

प्रदेश १ को नामकरण सवालमा किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न  ३५ वटा राजनीतिक दल, संघसंस्थाहरु सम्मीलित संयुक्त संघर्ष समितिले साझा नाम लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार  धर्ना कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार इटहरीमा बसेको संघर्ष समितिको बैठकले साउन १० गते प्रदेश संसद भवन अगाडि धर्ना बस्ने निर्णय गरेका थिए । लामो समयदेखि पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति त्यसैगरी एमाले, कांग्रेस लगायत दलका जातीय मोर्चाहरुले समेत लिम्बुवान, किरात नभए आन्दोलन निरन्तर अघि बढ्ने बताएका छन् ।

यसैगरी मंगलबार हुने धर्ना कार्यक्रममा सहभागिता जनाउनको लागि लिम्बुवान,किरात चाहने पहिचान पक्षधर राजनीतिक दल सामाजिक संघसंस्था संगठनमा आवद्ध सम्पूर्ण पहिचानप्रेमीहरुलाई संयुक्त संघर्ष समितिले धर्ना कार्यक्रममा सहभागिता जनाउन अपिल समेत गरेका छन् ।

 

 

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : १२ बजे