१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

‘लिम्बुवान-किरात’ प्रदेशको माग गर्दै प्रदेश सभा भवन अगाडि धर्ना सुरु ( फोटो फिचर )



किरात समाचार : प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान किरात हुनुपर्ने माग गर्दै बिराटनगरमा मंगलबार प्रदेश १ को संसद भवन अगाडि धर्ना सुरु गरेको छ ।

प्रदेशको नामकरण सवालमा किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ पहिचान पक्षधर राजनीतिक दल, समाजिक संघसंस्था संगठनहरुको साझा नाम लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार प्रदेश सभा भवनमा धर्नाको कार्यक्रम सुरु गरेको हो ।

धर्ना कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय, माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति लगायत शिर्ष नेताहरु धर्नामा बसेका छन् ।

धर्ना कार्यक्रममा सहभागिता जनाउनको लागि लिम्बुवान ,किरात चाहने पहिचान पक्षधर राजनीतिक दल सामाजिक संघसंस्था संगठनमा आवद्ध हजारौं पहिचाप्रेमिहरुको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : २१ बजे