किरात समाचार : लिम्बुवान ,किरात नभए हजारौं हजारले बलिदान दिएर भएर पनि लिम्बुवान,किरात लेखाएरै छाड्ने संघिय लोकत्रान्तिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले चेतावनी दिएका छन् ।
प्रदेश १ को नामकरण सवालमा प्रदेश सभा भवन अगाडि मंगलबार सम्पन्न धर्ना कार्यक्रममा बोल्दै चेम्जोङले भने ‘ प्रदेश संसदहरुले लिम्बुवान किरात चाहनेहरुको जनभावनालाई कुल्चेर गणितिय आधारमा अघि बढे बिद्रोह हुनेछ । अहिले प्रदेश संसदमा कसैको पनि दुईतिहाइ बहुमत पुग्दैन । त्यसैले प्रदेशको नामकरणम गदै गर्दा सहमतिको आधारमा आन्दोलनबाट उठेको आवजहरुलाई समेटेर लैजाउ भनेर नागरिकले निर्देशन दिएको हो ।’ धर्ना कार्यक्रमलाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन् ।
लिम्बुवान किरात आन्दोलन
सहमति बेगर कोशी सगरमाथा सप्तकोशीका कुराहरु अगाडि बढ्यो भने यहाँ रगत बग्छ । हामी हजारौ हजारले लिम्बुवान किरातको लागि बलिदान दिनको लागि तयार छौ । यति हजार मर्दा लिम्बुवान किरात आउछ भन्दिनुस हामी आत्मादाह गर्न तयार हुनेछौ । दललाइ म आरोप लाउन चाहन्न सांसदहरुलाइ आग्रह गर्न चाहन्छु । यहाँ हिजोदेखि उठेको आन्दोलन लिम्बुवान किरातको आन्दोलन नै हो । लिम्बुवान किरातको आन्दोलन सडकमा उछालिएको छ । अन्य भनेको कोठे कुरा हुन् ।
पछिल्लो समय प्रदेश १ को नामकरण पेचिलो बन्दै गइरहेकोमा प्रदेशको नाम लिम्बुवान,किरात राख्न माग गदैं लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले विभिन्न आन्दोलन गदै आइरहेको छ ।