नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत संघीय संरचना अनुसार सात प्रदेशमा बिभाजन गरिएको छ । जसमा छ वटा प्रदेशको नामकरण भइसकेको छ । ७-सुदुर पश्चिम प्रदेश ६-कर्णाली प्रदेश ५- लुम्बिनी प्रदेश ४-गण्डकी प्रदेश ३- बागमती प्रदेश २- मधेस प्रदेश रहेको छ। तर, अझै पनि प्रदेश १ को नामकरण हुन सकेको छैन । प्रदेशले तीन तिनवटा मुख्यमन्त्रीहरु पायो , मन्त्रीहरू फेरिए तर, प्रदेशको नाम जुराउन सकेको छैन ।
पछिल्लो समय प्रदेश नामकरणको स्वरहरु पेचिलो रूपमा उठिरहेको छ । मंगलबार प्रदेश सभाको दशौ तथा बजेट अधिबेशनको लागि छलफलको शून्य समयमा बोल्दै प्रदेश सांसद सीता थेबे जबेगुले प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान,किरात राख्नुपर्ने सांसद थेबेले माग गरेकी छन् ।
प्रदेससभाको बैठकमा जबेगुले किरात,लिम्बुवान कुनै पनि जाति होइन यो भनेको सभ्यता हो,इतिहास हो भन्दै प्रष्ट रूपमा आफ्नो अडान राखेकी थिइन् ।
प्रदेशको नाम लिम्बुवान किरात
नामकरणको विषय उठिरहदा सांसद भवन वरीपरी आन्दोलनको स्वरहरु गुञ्जीरहेको छ । हामी जनताको सस्थाको हिसाबले सम्बोधन हुनुपर्छ भन्ने हो । यो विषय धेरै चर्चाको र जनआवाजको रुपमा उठिरहेको छ । त्यसैले म यहाँ सशक्त रुपमा के राख्न चाहन्छु भने नामकरण पहिचानकै आधारमा हुनुपर्छ । पहिचानको आधारमा हुदा यहाँ लिम्बुवान किरात नामकरण हुनुपर्छ । यो लिम्बुवान कुनै जाति होइन, किरात कुनै जाति होइन सभ्यता हो । तर, यहाँनेर विभिन्न विषायन्तर गर्ने कोशिसहरु हुदैछ खबरदार ।
किरात र लिम्बुवानको इतिहास
आम १ नम्बरबासी जनताको रुपमा बोल्न चाहन्छु । यहाँ कुनै प्रकारले विषायन्तर गरीनु हुदैन । किरात प्रदेश भनेको लिम्बुवान प्रदेश भनेको कुनै पनि जातिको प्रदेश होइन । त्यसैले म यहाँ राख्न चाहन्छु । चाहे पौराणिक कुरालाइ हेरौ पुराणलाइ हेरौ यो महादेवको संग हामी किरातीको इतिहास जोडिन्छ । चाहे राजनितिक इतिहास लाइ जोडेर हेरौ यो यलम्बर राजा यलम्बर ,काङसोरेको इतिहास संग जोडेर हेरीन्छ । चाहे फिलोसोफीको रुपमा हेरौ , यो मुन्धुमको रुपमा जोडिन्छ । त्यसैले किरात लिम्बुवान कुनै पनि जाति होइन यो भनेको सभ्यता हो इतिहास हो । भुगोल हो सस्कृति हो । त्यसैले किरात लिम्बुवान प्रदेश नामकरण