१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए ( नाम सहित )



काठमाडौ : सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू हेरफेर गरेको छ । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो ।

बुधबार संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयको  निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको हो ।

त्यस्तै मन्त्रालयले कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, र कतिपयलाई एक स्थानीय तहबाट अन्य निकायमा खटाएको छ ।

स्थानिय तहमा अन्य निकायबाट  भित्रिएका पनि छन् । उपसचिवमध्ये १५ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ७ जना अन्य निकायमा सरुवा भएका छन् । त्यस्तै, १२ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ०५ बजे