१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मोरङमा कुरुम्बाङको संयोजकत्वमा ‘किरात सगरमाथा’ प्रदेश नामकरण नैतिक दवाव उपसमिति गठन



शनिबार रामभक्त कुरुम्बाङको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाव उप समिति मोरङ गठन भएको हो ।

शान्तिपूर्ण नैतिक दबाव समितिका सदस्य सचिव पृथीमान खालिङ, अर्थ संयोजक चीरञ्जीवि खालिङ र जातीय संस्था समन्वयन विभाग संयोजक मनकुमार आङबुहाङको उपस्थितिमा उपसमिति गठन गरिएको हो ।

यसरी गठन भएको उपसमितिमा सह संयोजक नविन दिल्पाली, पूर्ण आङबुहाङ, महेश राई रहनुभएको छ । भने, सचिव आकाश लङवा, सह सचिव राजभक्त सङमी, अर्थ संयोजक दुर्गा लाओती, सह संयोजक निर्मला इवा लगायत बाँकी सदस्य रहेको दबाव उपसमिति गठन गरिएको शान्तिपूर्ण नैतिक दबाव समितिका सदस्य सचिव पृथीमान खालिङले बताए ।

प्रदेश नं. १ लाई ‘किरात सगरमाथा’ प्रदेश नामाकरणको लागि राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने, ज्ञापन पत्र बुझाउने र लबिङ गर्ने कार्य तिब्र गतिमा भइरहेको शान्तिपूर्ण नैतिक दबाब समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

यसरी प्रदेश नं. १ को नाम ‘किरात सगरमाथा’ प्रदेश नामाकरण गर्न, गराउन गठन भएको शान्तिपूर्ण नैतिक दवाव समितिले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट कार्यक्रमलाई निरन्तरता दिने क्रममा आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको संयोजक थेगिमको भनाई छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : १५ बजे