४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

दबाब समितिले बुझायो ‘किरात सगरमाथा’ प्रदेश माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र



किरात समाचार : प्रदेश १ को नामकरण बहुपहिचानको आधारमा ‘किरात सगरमाथा’ राख्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब समितिले ज्ञापनपत्र बुझाएको छ ।

सोमबार पहिचान सहितको प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ नामकरण गर्न माग गर्दै प्रधानमन्त्री देउबालाई शान्तिपूर्ण नैतिक दबाब समितिले बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ४० बजे