७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

मुख्यमन्त्री राईलाई कोरोना संक्रमण



बिराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमित भएका छन् ।

मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

मुख्य मन्त्री राईको सोमबार स्वाब परीक्षण गरिएको थियो । राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीसमेत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित पत्नी शोभा पाठक र उनका राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

राईसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । कोभिड संक्रमणका कारण मुख्यमन्त्री राईको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : १० बजे