६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

किरात सगरमाथा प्रदेश नामकरण गर्न धनकुटामा दबाब समिति गठन



किरात समाचार : प्रदेश नं १ को नाम पहिचानको किरात सगरमाथा प्रदेश नामकरण गर्न धनकुटामा शान्तिपूर्ण नैतिक दवाव समिति गठन गरिएको छ ।

बुधबार पूर्ण खजुमको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाव समिति धनकुटा गठन गरिएको हो । यसरी गठन भएको उपसमितिमा सह संयोजक लिला चेम्जोङ, सचिव शान्तिदेवी लिम्बू, अर्थ संयोजक डा. शुक्र चेम्जोङ, सह संयोजक दिलु सोदेन र भूपाल लिम्बू लगायत  सदस्य रहेको छ ।

शान्तिपूर्ण नैतिक दबाव समितिको सदस्य सचिव पृथीमान खालिङ, अर्थ संयोजक चीरञ्जीवि खालिङ र जातीय संस्था समन्वयन विभाग संयोजक मनकुमार आङबुहाङको उपस्थितिमा उपसमिति गठन गरेका छन् ।

शान्तिपूर्ण  नैतिक दवाव समितिले प्रदेश १ नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न जिल्लाहरुमा जिल्ला समिति समेत गठन गर्ने कार्य जारी रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : १२ बजे