२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया कार्यक्रम हुँदै



बिराटनगर : लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेश नं. १ को नामाङ्कन लिम्बुवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

विहीबार विराटनगरस्थित नमस्कार रिजेन्सी होटलको सभाहलमा प्रदेशका मन्त्री, प्रदेश सदस्य, बुद्धिजिवी, संघर्ष समितिमा आबद्ध ३५ घटकका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिने किरात याक्थुङ् चुम्लुङ्का महासचिव निरन्ती तुम्बापोले बताइन् ।

प्रदेश नं. १ को नामाकरण विषय पेचिलो बन्दै गइरहेको बेला सडकमा कियाचूको समन्वयमा संगठित भएको समितिले गत ५ गते देखि प्रदेशको राजधानी विराटनगरमा विरोध सभा, र्याली र धर्ना कार्यक्रम निरन्तर जारी राखेको छ । पहिचान र भूगोल तथा ऐतिहासिकताको आधारमा सबै जाती वर्गलाई समेट्ने गरी प्रदेशको नाम लिम्बुवान, किरात राख्नु पर्ने माग राख्दै आन्दोलन जारी राखेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : ४१ बजे