प्रारम्भ
हरेक समाज, राष्ट्र र राष्ट्रियता बचाउन आफ्नो सामाजिक परम्परा, संस्कार, संस्कृतिहरूको उजागर गर्न तथा पुख्यौली थितिरीतिलाई जीवन्त तुल्याउनका निमित्त यूवाहरूको आवश्यकता पर्दछ।
चाहे सामाजिक परिवर्तन होस्, चाहे राष्ट्र, राष्ट्रियता बचाउनका लागि होस् वा मौलिक परम्पराहरूको संरक्षण सम्बर्द्धनका लागि होस् या उत्थानका लागि होस् । अन्ततः युवा शक्तिलाई नै प्रयोग गर्ने गरिन्छ। यसै सन्दर्भमा किरात धर्मावलम्बी युवाहरूको संगठन निर्माण, उपलब्धी र उनीहरूका सामु उभिएका वर्तमान चुनौतीहरूका बारेमा पाठकहरू सामु केही चर्चा गर्न आवश्यक ठान्दछु।
नालीफड़वा संगठनको जन्म
बि.स. २०५८ साल साउन १९ गतेका दिन थियो। हामीलाई थाह्य छ, साउन महिना वर्षादको महिना हो । त्यस कारण यस्तो याममा अधिक रूपमा पानी पर्नुभन्दा बाढी चल्छ, पहिरो बग्नु अस्वभाविक र आश्चर्यलाग्दो कुरा होइन। स्वभाविक रूपले हामीले बुझिसक्यो, त्यो दिन विशाल पानी पन्यो, अनि बाढी, पहिरो चल्यो। यस्तो कहानी लाग्दो अवस्थामा पनि रतुवाखोला मावाखोला, नुनसरी आदिहरू चिर्दै सुनसरी, मोरङ, धनकुटा र तेहथुमका प्रतिनिधिहरू माङ्सेबुङ लारुम्बा आई पुगेका थिए भने उता पाच्थर , ताप्लीजोड, इलाम जिल्लाका प्रतिनिधिहरू अनेक उकाली ओराली र अवरोधहरूको सामना गर्दै माङ्सेबुङ आई पुगेका थिए। अनेकन थकाई भए पनि हामी सोझै अनुमान गर्न सक्छौ , उनीहरू बिल्कुल कार्यक्रमको प्रतीक्षामा थिए।
दिनको करिब एक बजेको थियो। गुरुआश्रम लारुम्बाबाट किरातीहरूको सर्वोच्च आस्थामा विराजमान किरात धर्मगुरु मुहिङगुम अडसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम असीमामाङ साँवा पवित्रहाङ्मा लिङ्देन ज्यूहरूको माङ सवारी भयो । वहाँहरुको माङसवारीसंगै कार्यक्रमको शुभारम्भ भयो ।
करिव दुई घण्टा लामो शुभकामना मन्तव्यहरू प्रकट भए पश्चात् किरात चोलुङ अङसी मागेन्ना सेवाको मातहतमा सञ्चालन हुने गरी नन्द कुमार नेम्बाङ् नेतृत्वमा २४ सदस्यीय समितिको घोषणा भयो। र यस संगठनको नाम किरात साम्यो नालीफूङवा यक्पाङ्गेन पान्जुम्भो भनेर घोषणा गरियो। यसरी किरात धर्मावलम्बी युवाहरूको संगठनको घोषणासंगे यसले औपचारिकता पायो त्यही दिन थियो, २०५८ साल साउन १९ गते ।
संगठनको घोषणा भए पश्चात् संस्थाको विधिअनुसार मुहिगुम असीमाङ् लिङ्देन आत्मानन्द सेइङ् तथा थामेन्दिङ् मानुमामाङ मुहिगुम असीमामाङ साँवा पवित्राहाङमा लिङ्देन ज्यूहरूले सपथ ग्रहणको व्यवस्था गर्नु भएको थियो। सो अनुरूप तन मन वचन विवेक नैतिकता र पदीय दायित्व समेतलाई सपथको परिधि बनाएर २३ जना ( मोरङ् प्रतिनिधि विक्रम वनेम बाहेक।। पदाधिकारी तथा सदस्य वर्गहरूले सपथ ग्रहण गन्यो सपथ ग्रहण पछि नालीफूडवाको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्ने भनी उद्घोष भए अनुसार मैले नालीफूङ्वा र व्यक्तिगत तर्फवाट प्रतिवद्धता मन्तव्य व्यक्त गरे। त्यस पछि केसिङगेन पानुमाङ मुहिगुम असीमाङबाट आर्शीवाद प्रदान भए पछि नालीफूङ्वाको भेलाले अन्तिम रूप लियो।
यसरी अनेक आरोह अवरोहहरू पार गर्दै हरेक समस्याहरूको सामना गर्दै भए पनि इश्वरको निगाहले हुनुपर्छ नालीफूङ्वा संगठनको जन्म हुन सफल भयो।
(१) अध्यक्ष नन्दकुमार नेम्बाङ् (२) उपाध्यक्षः विक्रम वनेम फागो (३) उपाध्यक्ष डिल्ली थेवे (४) उपाध्यक्ष हृदय चेगिम (५) कोषाध्यक्षः मनभक्ति साम्बा (६) सचिव भगिहाङ नेम्बाङ् (७) सह सचिव तुलक तुम्सा (८) सदस्य खिङसेमी सेर्मा (९) सदस्य टेकरराज थेगुवा (१०) सदस्य कुलबहादुर लाओती (११) सदस्य मनकुमार आङ्बुहाङ (१२) सदस्य इन्द्रकुमार येक्तेन (१३) सदस्यः जीवन माखिम (१४) सदस्य महेन्द्र साम्बा (१५) सदस्यः मनकुमारी माङतेवा (१६) सदस्य भीमचन्द्र खजुम (१७) सदस्य शंकर खजुम (१८) सदस्य कुल बहादुर सुकवावा. (१९) सदस्य तुलना चेम्जोङ (२०) सदस्य अनिता चेम्जोङ (२१) सदस्य सीता सावादेन (२२) सदस्य सुस्मिता आङ्देम्बे (२३) सदस्यः शुक्र आङ्देम्बे (२४) सदस्य सन्तोष सोदेम्बा रहेका थिए।
नालीफड़वा संगठनको उपलब्धीहरू
संगठनको जन्म भइ सकेपछि कुनै सैद्धान्तिक नियम हो। त्यही कारणले जन्म भएको दोस्रो दिन तत्कालीन पूर्ण बैठक बसी उक्त बैठकले विभिन्न विषयलाई प्राथमिकता साथ नीतिगत रूपमा निर्णय गर्यो ।
मुजोलुड् पान्जुम्मो घोषणा
शुरुमा २०५८ साल साउन १९ गते संगठनको घोषणा हुँदा यक्पागेन पान्जुम्भो (राष्ट्रिय समिति) भनिएको थियो। विभिन्न अनुकूल र प्रतिकूल परिस्थितिसँग संघर्ष गर्दै संगठन विस्तार गर्ने क्रममा (२०५८ साल देखि २०६० सम्ममा ) नेपालको ९ वटा जिल्लामा नालीफूङवाको संगठनिक जालो बाँधिए पछि संगठन बढाउने काम ठप्प रहेको थियो।
हरपल समयहरू संकटकालमा गुज़र्दै गएको कारण सम्भावित जिल्लाहरू संखुवासभा, भोजपुर, खोटा र ओखलढुङ्गामा संगठन गर्न सकिने सम्भावना थिएन। त्यसकारण नालीफूडवाले संगठन गर्ने सोचलाई विदेशतिर अगाडि बढाउने योजना बनाउनु पर्ने बाध्यता भइरहेको थियो। तर राष्ट्रिय समिति ( यक्पाङ्गेन) मात्र भएकोले संगठनलाई विदेशतर्फ लग्नुपर्दा कानुनी समस्याहरू खड्किरहेको थियो। यो समस्यालाई हामीले पितृसंस्था किरात चोलुड् असीमाङ्गेन्ना सेवामा जाहेर गर्दै आएका थियौं।
हाम्रो मौखिक रूपमा मात्र मागलाई एउटा महान बिषय बनाई बैठकमा पारित गराई पितृसंस्थाले नालीफूङवा लगायत सबै मातहत समितिहरूलाई मुजोलुङ् पान्जुम्भो । (केन्द्रीय समिति) भनेर २०६० मा घोषणा गर्यो । यसरी मुजोलुड् पान्जुम्भो भनेर घोषणा गरिएपछि अन्तर्राष्ट्रिय जगतमा संगठन गर्ने पूर्वाधार तयार भयो नालीफूड्वा ।
विदेशमा नालीफूङवाको प्रवेश
मुलुकको प्रतिकूल परिस्थितिहरूलाई विश्लेषण गर्दै नालीफूवाको संगठनको रूपरेखालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुयाउने उद्देश्य अनुरूप नालीफूड़वा पान्जुम्भोले प्रथम पाइलाको रूपमा नेपालीहरूको बाहुल्यता भूमि दार्जिलिङमा प्रवेश गर्ने योजना तर्जुमा गरियो। सो अनुसार त्यही क्षेत्रको हावापानीसाग नजिक रहेका केन्द्रीय सदस्य विजय लाओतीलाई सम्मेलन ( अधिवेशन) संयोजकको रूपमा जिम्मेवारी दिइयो । तोकिएको जिम्मेवारी अनुसार २०६० जेठ १७ गतेका दिन सौदार्दपूर्ण वातावरणमा दार्जिलिङ् जिल्ला सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले एन.के. चाम्लिङको अध्यक्षतामा १५ ‘सदस्यीय समिति चयन गर्यौ । यो नै नालीफूङ्वाको अन्तर्राष्ट्रिय स्तरमा संगठन भएको पहिलो हो। र अन्य क्षेत्रहरूमा संगठन गर्ने योजनाहरू रहेता पनि विशेष परिस्थितका कारण अझसम्म यो पंक्ति तयार भएसम्म अन्य क्षेत्रहरूमा संगठन बढाउने कार्य अगाडि बढाउन सकिएको छैन्। यद्यपि संगठनको प्रक्रिया पुर्व तयारीको लागि जनसम्पर्क गर्ने कार्य भने कायम छ ।
वर्तमान चुनौती
वर्तमान चुनौतीहरू एउटा सर्वधारण व्यक्ति घरबाट निस्केर बजार गएपछि पुनः घर फर्केर आउन सक्छ कि सक्दैन भन्ने कुरामा स्वयम् परिवार भित्र अन्योलता रहन्छ। अरू कार्यक्रमहरूको करै छाडौ। विगत देशको अवस्था यस्तो थियो न मरेको मान्छेको सनासत हुन सक्छ, न त बाँचेको मान्छेको लागि सुरक्षा नै । यस्तो मुलुकको अवस्थाले यूवाहरूलाई चुनौती थियौ नै, अन्य समस्याहरूले पनि यूवाहरूलाई चुनौती दिएको छ ।
यस्ता चुनौतीहरू अझ अरू धेरै टाढा छैनन् होला । आध्यात्मिक दृष्टिकोण, युग र वर्तमान परिपेशहरूलाई विश्लेषण गर्नुपर्छ । हाम्रो अगाडि धेरै चुनौतीहरू आउँदै छन्। यो सवाल उठाउँदा पत्याउँछ होला। तर हाम्रो अगाडि छर्लङ्ग देखियो र भनि सक्दा ताली बजाएरै समर्थन गर्न सकिने चुनौतीहरू पनि छन् । जसले किरात धर्म अनुयायी संगठनहरूलाई प्रत्यक्ष असर गरेको छ ।
हाम्रो किरात धर्म, संगठन र किरात धर्म अनुयायीहरूलाई प्रत्यक्ष चुनौती दिएका छन् । यी चुनौती र समस्याहरूलाई हामीले समय सान्दर्भिक व्याख्या र विश्लेषण गर्न सकिएमा मात्र आम यूवा वर्ग भक्तजन र शुभ चिन्तकहरू वास्तविक हाम्रो गन्तव्य पथमा पुग्न सफल हुनेछी भन्दा अत्युक्ति नहोला ।
हामीले जानेबुझेको कुरा हो, किरात धर्म दर्शनलाई व्यापकरूपमा जनमानसमा पुयाउन किरात संस्कारको प्रचारप्रसार तथा किरात धर्म दर्शनलाई परम्परागत रूपमा स्थापित गर्नका लागि यूवाहरूको योगदान नै आवश्यक पर्दछ। यी सबै कुराहरूलाई युवाहरूले सचेततापूर्वक जिम्मेवारी बहन गर्नु पर्दछ । यो कुरा सबैले नभए थोरबहुत यूवाहरूले भने नबुझेका होइनन्। तर वर्तमान संकटकालिन अवस्थाको कारण ज्यान जोगाउनै गाहो भइरहेको छ भने अर्कोतिर बिहान र बेलुकाको छाक नै टार्न गाह्रो छ। यस्ता विकराल समस्याहरूको कारण यूवाहरू विदेशीने क्रम दिनानुदिन बढ्दो छ। जसको कारक तत्वहरू मध्ये बेरोजगारी र असुरक्षा नै मुख्य समस्या हुन् ।
करोडौ किरातीहरूको महान यात्रालाई सफल पार्नका लागि अदम्य साहसका साथ केसिङ्गेन पानुमा मुहिगुम असीमाड् लिङ्देन आत्मानन्द सेइड् तथा मुहिगुम असीमामाङ् साम्बा पवित्रहाङ्मा लिङ्देन ज्यूले सबल नेतृत्व दिइ रहनु भएको छ। यो कुरालाई हामी सावायेहाङ किरातीहरूले स्वीकार्नै पर्दछ। यो अटल सौभाग्यको कुरा हो। हामी किरात सन्ततीहरूकै निमित धार्मिक आस्थाको संस्थाको रूपमा वि.स. २०३६ साल माघ ७ गतेका दिन किरात धर्म तथा साहित्य उत्थान संघ भनेर पान्थर फिदिममा दर्ता गर्नु भएको छ। किरात धर्मालम्वीहरूको पुण्यभूमि मुक्तिभूमिको संरक्षण सम्बर्द्धन र विकासको लागि र किरातीहरूको आस्थाको केन्द्र किरात हासाम मुजोलह माहिमको निर्माण तथा सञ्चालनका लागि २०५४ सालमा किरात चोलुङ् असीमाइगेन्ना सेवा भनेर जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता गरिएको छ। यो सबै कुराहरू हामी सबैलाई नै हुनुपर्दछ। तर नेपालमा २०४६ सालमा बहुदलीय प्रजातान्त्रिक उयवस्थाको पुनवहाली भए पछि कोही किरात याक्थुङ् ॥ चुम्बु कोही किरात धर्म संरक्षण सांमति यस्तै-यस्तै युवाहरूको धार्मिक संस्था किरात साम्यो नालीफूड्या मुजोलुड् पान्जुम्भो । केन्द्रीय समिति) का आम नाती मित्रहरू शुभ चिन्तक भक्तजन आम बुवा दाजु भाइ दिदी बहिनी र अन्य मित्रहरूमा समेत हार्दिकताका साथ अनुरोध गर्दछु कि हामीले हाम्रो धर्म संस्कार संस्कृति इतिहास परम्परा रीतिथितिलाई बचाउनका लागि हामी एकजुट हो चराचर सृष्टि र मानव मात्रको रक्षाको निमित्त अग्रसर हो। अध्यात्मवादलाई हाम्रो मार्ग दर्शनको रूपमा प्रयोग गरी हत्या हिंसा त्यागी।
किरात हाङसाम साम्यो-तियाहा मुहिगुम असीमाङ लिङ्देन फाल्गुनन्द – अमर रहुन । केसिङ्गेन पानुमा मुहिगुम असीमाङ् लिङ्देन आत्मानन्द सेइङ्- चिरायु रहुन् । थामेन्दिङ् मानुमाह मुहिगुम असीमामाङ् सांवा पवित्रशामा लिइदैन चिरायु रहुन् ।।।
लेखक किरात साम्यो नालिफूङ्वा मुजोत्लुङ पान्जुम्भोको संस्थापक अध्यक्ष हुनुहुन्छ । साभार नालीफूङ्वाको जन्म उपलब्धी र बर्तमान चुनौतीहरू पुस्तकबाट ।