किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको आज २२ औ स्थापना दिवस कार्यक्रम मनाइदै छ । बि.स २०५८ साल साउन १९ गते नालिफुङ्वा स्थापना भएको थियो ।
नालिफूङ्वा संगठन नेपालको विभिन्न जिल्लाहरुमा संगठन विस्तार गरिएको छ । मोरङ , झापा,इलाम , ताप्लेजुङ ,धनकुटा , सुनसरी , मोरङ , नेवाला काठमाडौ लगायत जिल्लाहरुमा संगठन रहेको छ । यसैगरी विभिन्न जिल्लाहरुको गाउपालिका,नगरपालिका स्तरमा संगठन तल्लो एकाई सम्म गठन गरिएको छ । त्यस्तै विदेशमा छिमेकी देश भारतको दार्जीलिङ , आसाम भुटानमा संगठन रहेको छ ।
यस संगठनले किरात धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा मुहिङ्गुम अङ्सिमामाङ्ब्साबा पवित्रहाङमा लिङ्देनहरुको संरक्षकत्वमा रहेर किरात चोत्लुङ मुहिङगुम अङ्सी माङ्गेना सेवा समितिको मातहत संगठनको रूपमा रहेर किरात धर्म, किरात भाषा ,किरात लिपि ,साहित्य संस्कार ,सस्कृतिको प्रचारप्रसार र संरक्षण,सम्बर्द्धन साझा हित पहिल्याउने उद्देश्य राखेको छ ।
नालिफुङ्वा परिचय
मानव एउटा सामाजिक प्राणी हो । हरेक वस्तुहरूको मूल्य र मान्यताको तुलना यिनै मानव समुदायले गर्दछन व्यक्तिबाट परिवार र परिवारबाट समाजको रूपान्तरण भएको हुन्छ व्यक्ति, परिवार र समाजलाई दिगो तथा निरन्तर रूपमा सक्वालन गर्नका लागि हरेक पक्षले अहम भुमिका निर्वाह गरेको हुन्छ यसमा पनि मानवलाई सही दिशानिर्देश गर्न तथा सभ्य समाज निर्माणको लागि संस्कार र संस्कृतिको सबै भन्दा महत्वपूर्ण जिम्मेवारिता हुन्छ
धार्मिक दृष्टिकोणले मानवीय मूल्य र मान्यताहरू एउटै हुन्छ यद्यपि मानव समुदायले इश्वर (माड)लाई खोज्ने बाटो र इश्वरलाई बोलाउने भाषाहरू फरक-फरक हुन्छन्। मानवीय मूल्य मान्यता धार्मिक दृष्टि र सृष्टि एउटै भएता पनि हिसावले सृष्टिदेखि नै विभिन्न समुदाय, जातजाति र समुदायमा विभाजित भएर बसेको हुन्छ यसरी नै उनीहरूको धर्म, संस्कार, संस्कृति, इतिहास, भाषा, लिपी, साहित्य र अस्तित्व फरक पहिचानहरू बेग्ला बेग्लै हुन्छ ।
किरात समुदायले प्राचीन सृष्टिदेखिने वेगल, संस्कार संस्कृति, इतिहास, भाषा, लिपी, साहित्य र अस्तित्व पहिचान लिएर संसारको विभिन्न भागमा बसोबास गर्दै आएको सत्यतथ्य हो यसमा कसैको मत भिन्नता छैन । तसर्थ मानव इतिहासको लामो कालखण्डसँगै संस्कार, संस्कृतिहरू विभिन्न कारणबाट विकृति विसंगतिमा परिणत हुँदै आएको कुरा पनि तितो सत्य हो। यही विकृति र विसंगतिको पछि जब मानवहरू लाग्छन तब उनीहरू अन्धकारमा हराउन पुग्छन, असभ्य तथा जङ्गली अवस्थामा पुग्छन् ।
वास्तवमा भन्ने हो भन्ने हो भने किरात समाजहरू यस्तै अवस्थामा गुज्रिरहेको थियो । किरात समुदायको उद्योगतिमा अझ हरेक क्षेत्रबाट संस्कार, संस्कृति माथी हमला हुँदै आयो । अन्तत किरात समुदाय नै विश्वको मानचित्रबाट लोप हुन् लागेको थियो। किरात समाजको यस्तो अवस्थामा विस १९४२ कातिक २५ गते आइतबारको दिन मुहिगुम अइसीमाड् लिङ्देन फलामसि सत्यहाङमा फाल्गुनन्दको किरात कुलमा जन्मिनु भयो मुहिङगुम असीमाड् फाल्गुनन्दले किरात समाजलाई सु-मार्गमा डोऱ्याउन अवस्था सभ्य समाजमा रूपान्तरण गर्नका लागि किरात धर्म दर्शनको मूल स्रोत किरात साम्जिक मुन्धुम प्रतिपादन गर्नु भयो यस कार्यलाई किरात समुदायसम्म पुयाउन वहाँ नै प्रयोगात्मक ढंगले सेवा पूजा साथै किरात धर्म प्रचार प्रसार गर्दै हिड्नु भयो वहाँले नै इश्वरको पूजाआजा गर्ने भक्तजनहरूको दुःख पीडाबारे माइ सामु विन्ती चढाउँने कार्यको सुत्रपात गर्नु भयो यहीं कार्यलाई किराती मुन्धुमी भाषामा माइसेवा भनिन्थ्यो, सो कार्यलाई संरक्षण गर्न युवायुवतीहरूको आवश्यकता चाहिन्छ, त्यसलाई भाषी नाम नालीफूडवा रहन पुग्यो ।
वास्तवमै मानव समुदायलाई सही मार्गनिर्देश गर्न संस्कारले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यो संस्कारलाई मानवहरूले नजानिन्दो तरिकाले प्रयोग गर्दै आएका हुन्छन् यसलाई अर्को भाषामा रीतिरिवाज पनि भनिन्छ ।
कुरा हरेक समाजमा नहित हुन्छ जसलाई मानवहरूले जन्मनु अघिदेखि मृत्यु पर्यन्तसम्म अनुसरण गरि रहेका हुन्छ। यो परम्परा, संस्कार, संस्कृति, रीतिरिवाज जे भए पनि मानव समाजलाई चलायमान बनाई राख्ने अर्थात निष्कृय हुन नदिन दर्शन हो। बसलाई आ-आफ्नो समुदाय तथा जाति विशेषले आ-आफ्नै तरिकाले मान्ने गरिन्छ ।
यसरी सृष्टि देखिने फरक अस्तित्व, संस्कार र संस्कृति भएका किरात समुदायको आफ्नै किसिमको संस्कार है। जन्मनु अघिदेखि मृत्यु पर्यन्तसम्म गरिने आफ्नै प्रकारको संस्कार रहेको छ। यही किरात साम्जिक मुन्धुम अनुसार किरातीहरूले जन्मनु अधिदेखि मृत्यु पछिसम्मको कर्म संस्कार विधिहरू सम्पन्न गर्दछन यो साम्जिक मुन्धुम अनुसार धर्म संरक्षण गर्ने मूल खम्बाको रूपमा रहनेलाई नालीफइवा भनिन्छ
किरात धर्मको मुख्य कड़ी किरात साम्जिक मुन्धुम अनुसार किरात धर्मावलम्वी तथा शुभचिन्तक माझसम्म र विश्व शान्ति तथा मानव एकता एव चराचर सृष्टि रक्षाको लागि र किरात साम्जिक मुन्धुम अनुरूपको दर्शन विधिलाई व्यापक रूपमा अगाडी बढाउन नालीफूङवाको वृहत समुहको आवश्यकताको महसुस भएकोले ‘किरात साम्यो नालीफूडचा मुजोत्लुङ् पान्जुम्भो स्थापना गरिएको हो, थियो।
यस पान्जुम्भोले समग्र मानव हित चराचर सृष्टिको रक्षा र भक्तजनहरूको आत्मा विश्वास र रक्षाका लागि सेवा । गर्ने किरात धर्मलाई स्वदेश विदेशसम्म पुयाउने प्रचार-प्रसार गर्ने र आम युवायुवतीहरूको सही मार्ग डोयाउन साथै यस कार्यलाई उत्पादन गर्ने र संगठन विस्तार गर्ने किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो मुख्य मेरुदण्डको रूपमा मानिनेछ यसैलाई नालीफूङवाहरूको छाता संगठन (साझा संस्था) को रूपमा स्थापना गरिएको हो ।