काठमाडौ : आगमी मंसिर ४ गते सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघ र प्रदेशको निर्वाचन मंसिर ४ एकै चरणमा गर्नेगरी मिति घोषणा गरेको हो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो ।
प्रधानमन्त्री देउवाले मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए ।