१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

धरानका मेयर हर्क साम्पाङ विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता



धरान : साइबर ब्युरोमा धरानका मेयर हर्क साम्पाङ विरुद्ध साइबर अपराध सम्बन्धी उजुरी दर्ता गरिएको छ।

नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धरान उपमहानगरपालिकाकी निर्वतमान उपमेयर मञ्जु भण्डारी सुबेदीले साइबर ब्युरो भोटाहिटी, काठमाण्डौमा साइबर अपराध सम्बन्धी उजुरी दर्ता गरेकी हुन् ।

उनले धरानका नगरप्रमुख हर्क साम्पाङले (हर्कराज राई) अनलाइन एप्लिकेसनको प्रयोग गरेर फेक आइडी जेनेरेट गरी त्यसको तस्बिर सिर्जना गरेर जातीय र साम्प्रदायिक हिंसा भड्कने, जातीय उत्तेजनात्मक अभिव्यक्ति सहितको फोटो सामाग्री उत्पादन गरी चरित्र हत्या तथा कुप्रचार गरेको भन्दै भण्डारीले उजुरी दिइएकी छिन् ।

मेयर साम्पाङको ‘हर्क साम्पाङ अ रिभुलुसन’ नामक फेसबुक पेजबाट यस्तो सामाग्री सार्वजनिक गरिएकोले तुरुन्त कारबाहीको माग गर्दै साइबर अपराध सम्बन्धी उजुरी दिइएको नेकपा एमाले धरान उपमहानगर कमिटीको प्रचार प्रसार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले सो कुराको जानकारी दिएकी हुन् ।

 

सामाजिक सञ्जालको चरम दुरुपयोग गरी बराह सहकारी सङ्घर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग जोडेर नगरप्रमुख हर्कराज राईले वास्तविक पीडितहरूको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा समितिका संयोजक खगेन्द्र नेपाली र उहाँकै धर्मपत्नी एवं धरान उपमहानगरपालिका वडा नं. १५ की वडा सदस्य रचना नेपालीको विरुद्ध जातीय छुवाछुत र विभेद हुनेगरी गरिएको गालीगलौज प्रति गम्भीर बनाएको भन्दै विज्ञप्तिमा साम्पाङको फेसबुक पोस्ट प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भण्डारीले उल्लेख गरेकी छिन् ।

विज्ञप्तिमा धरान र धरान बाहिर देश विदेशमा रहेका आम नेपालीहरूमा जातीय तथा सामाजिक सदभाव कायम गर्न आ-आफ्नो स्थानबाट भूमिका खेल्न अपिल पनि गरिएको छ ।       kapurinews.com बाट

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : २२ बजे