३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

माङ्सेवासाबा नेवाला पान्जुम्भोको १९ औं बार्षिक कार्यक्रम सम्पन्न



किरात समाचार : किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको १९ औ बार्षिक कार्यक्रम माङ्सेसे हाङ्साम माङ्हिममा लाधुङसेमी सेवा लगाएर सम्पन्न भएको छ ।

साउन १५ गते आइतबार विश्वशान्ति तथा मानव एकताको निमित्त साउन महिनामा माङ्हरुको गुफाबास बस्ने धार्मिक बिश्वास रहेको हुनाले गोदावरी  खोलामा साक्मुरा वादेम्मा ( गालिश्राप बहन्ती ) गरि माङ्लाक ताक्मा सहित लाधुङसेमि सेवा सम्पन्न गरिएको हो ।

सेवामा माङ्सेवासावाहरु साङ्दाङेन वरुमसावा हरि थक्लिहाङ साङ्दाङेन वरुमसाव ज्ञान बहादुर इजम माङ्सेवासाबा/सामा सरिता लावती ,मनमाया वनेम,प्रेम वनेम,मानबहादुर तनेबुङ। देउमान थोप्रा, पितामप्रसाद देवान।,रत्ना चाम्लिङ,मन्जु थेगिम। राजेन्द्र केरुङ लगायत माङसेवासाबा /माङसेवासामाहरु बाट विश्वशान्ती तथा मानब एकता को निमित्व साम्जिक मुन्धुम बाचन भएको थियो।

कार्यक्रमका प्रमुख अथिती कि,ध,सा,उ,संघ का केन्द्रिय सदस्य तथा कि,सा,मा,नेवाला पन्जुम्भो का सल्लहाकार सुर्य बिक्रम चेम्जोङ अथिती माङ्सेसे हाङ्साम माङ्हिम का अध्यक्ष ,  ज्ञानु इजम , तुतु  चन्द्र योङ्हाङ , पुर्ब नालिफुङ्वा केन्द्रिय सद्स्य तुलसा थेगिम उपस्थिति रहेको थियो ।

सेवामा काठमाडौबासी किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रम अध्यक्ष हरि थक्लिहाङको अध्यक्षतामा सम्पन्न भएको थियोे भने सस्थाका उपाध्यक्ष सरिता लावतीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन सचिब मनमाया वनेमले गर्नु भएको थियो।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : १४ बजे