१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

नालीफुङ्वा पान्जुम्भोको २२ औं स्थापना दिवस कार्यक्रमको आयोजना गरि मनाइयो



किरात समाचार : किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको २२ औ स्थापना दिवस कार्यक्रम माङ्सेबुङमा मनाइएको छ ।

बिहीवार नालिफूङ्वा पान्जुम्भोको आयोजनामा किरात चोत्लुङ मुहिङ्गुम अङ्सी माङगेन्ना सेवा समितिको कार्यालयको हलमा सम्पन्न भएको नालिफुङ्वा पान्जुम्भोको २२ औ स्थापना दिवस कार्यक्रममा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेर स्थापना दिवस मनाएको नालिफुङ्वा पान्जुम्भोको सहसचिव चन्द्रमाया केरुङ लिम्बुले जानकारी दिइन् ।

कार्यक्रममा आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा केन्द्रका पदाधिकारी र सदस्यहरु र माङ्सेबुङ पान्जुम्भोका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियोे ।

यसैगरी कार्यक्रम नालिफुङ्वा पान्जुम्भोको अध्यक्ष पृथिमान खालिङ राइको अध्यक्षतामा सम्पन्न भएको थियोे भने कार्यक्रम कार्यबाहक सचीव लोकेन्द्र कार्कीले सञ्चालन गरेको थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ५ : ३० बजे