९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

संघको काठमाडौ जिल्ला समिति अध्यक्षमा सूर्यराज मादेन निर्वाचित



किरात समाचार : किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा समिति काठमाडौ गठन भएको छ । सूर्यराज मादेनको अध्यक्षतामा संघको काठमाडौ शाखा समिति गठन भएको हो ।

उपाध्यक्षमा अप्सरा लाओती, सचिव गोरख योङहाङ, सहसचिव मुना आङ्देम्बे, कोषाध्यक्ष पुर्ण योङहाङ र सहकोषाध्यक्ष दुर्गा आङ्देम्बे चयन भएका छन् ।

सदस्यहरुमा क्रमशः प्रदीप योङ्हाङ, धनप्रसाद केरुङ, उमा पालुङ्वा, बिक्रम एकतेन, उत्तम योङहाङ, भिमप्रसाद लाओती र चन्द्रकला योङहाङ रहेका छन् ।

नवगठित समितिका पदाधिकारी एवं सदस्यहरुलाई संघका संस्थापक महासचिव डा चन्द्रकुमार सेर्मा, केन्द्रीय उपाध्यक्षद्धय दङगध्वज खोयाहाङ, उपाध्यक्ष भिम्ला येङ्देन, संघका उपत्यका समिति अध्यक्ष जीवनकुमार सुनुवार, संघका केन्द्रीय सदस्य प्रीती बेघा, किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङ, संयुक्त किरात मोर्चाका महासचिव तेन्धङ मिभक किरात र किरात मोर्चा उपाध्यक्ष नवीन किरातीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले राजधानी शहरको काठमाडौ र ललितपुर जिल्ला समिति गठन सकेको र अब निकट भविष्यमा भक्तपुरमा समेत संघको जिल्ला समिति गठन हुने किरात समाचारलाई बताएका छन् ।


शनिबार सम्पन्न कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्न सेवा समितिका केन्द्रीय सदस्य मनमाया वनेम, संघका पूर्व महासचिव रमेश लिङ्देन, पुर्ब सह कोषाध्यक्ष, प्रेम बेघा, किरात साम्यो माङसेवासाबा नेवाला पान्जुम्भो अध्यक्ष हरि थोक्लिहाङ, संघको ललितपुर जिल्ला अध्यक्ष भगिप्रसाद बेघा, उपत्यकाका प्रमुख माङसेवासाबा दुबिन्द्र सेर्माको उपस्थिति रहेको थियो।

काठमाडौ जिल्लावासी आम किरात धर्मावलम्बीहरुको सहभागितामा काठमाडौं कपनस्थित काठमाडौ चुम्लुङ हिममा आयोजित सो कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समिति उपाध्यक्ष भजिन्द्री लाओतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : १० बजे