किरात समाचार : शान्तिपूर्ण नैतिक दवाब समितिका प्रतिनिधि मण्डलले उपराष्ट्रपति नन्दबहादुर पुनलाई ज्ञापनपत्र बुझाएको छ । दबाब समिति संगको भेटमा पुनले किरात सभ्यताको आधारमा प्रदेशको नामाकरण गर्न अत्यन्तै सान्दर्भिक रहेको आफ्नो धारणा राखेका हुन् ।
आइतबार दवाब समितिका संयोजक डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा गएको प्रतिनिधि मण्डलले प्रदेश नं. १ को नाम किरात सगरमाथा प्रदेश नामाङकनको लागि सम्माननीय उपराष्ट्रपतिलाई ज्ञापनपत्र समेत बुझाएको हो ।
दबाव समितिको ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले संविधानले दिएको अधिकारको प्रयोग गरी प्रदेशको नामाङकनको लागि उद्देश्य प्राप्त गर्न निर्धक्कका साथ लागि पर्न प्रोत्साहित गर्नु भएको उपत्यका समितिका संयोजक सुनुवारले जनाएको छ ।
पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउनलाई शान्तिपूर्ण नैतिक दबाब समितिले राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।


