११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्‍यु



काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अुनसार २४ घण्टाको अवधिमा एक जनाको मृत्‍यु भएको छ ।

सोमबार थप कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : ०९ बजे